Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

राष्ट्र बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानीसम्बन्धी सुझाव माग


नया सडक

२०८१, वैशाख ४ मंगलबार

  • 612
    Shares

  • राष्ट्र बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानीसम्बन्धी सुझाव माग

    काठमाडौं । नेपाल राष्ट्र बैंकले क्यूआर कोडसम्बन्धी व्यवस्थाका लागि सरोकारवालाहरूसँग सुझाव मागेको छ ।
    बैशाख ४ गते एक विज्ञप्ति जारी गरी यस विषयमा राष्ट्र बैंकले सुझाव मागेको हो ।
    बैंकले अन्तरदेशीय भुक्तानी कारोबारका लागि क्विक रिसपोन्स कोड(क्यूआर कोड)लगायतको प्रयोग गरी मोबाइल बैंकिङ÷इन्टरनेट बैंकिङ तथा अन्तर बैंक भुक्तानी मार्फत गरिने रिटेल पेमेन्ट सम्बन्धी व्यवस्थाको मस्यौदा तयार पारेको जनाएको छ ।
    सो मस्यौदा उपर आवश्यक राय सुझाव दिन बैंकले सरोकारवालाहरूलाई जेठ ३ गते भित्रको समय सीमा तोकी यस्तो आग्रह गरेको छ ।
    केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागको तर्फबाट सरोकारवाला व्यक्ति तथा निकायहरूको नाममा जारी सूचनामा क्यूआर कोडसम्बन्धी व्यवस्थाको मस्यौदामा सुझाव मागिएको हो ।nrb qr code.png

    प्रतिक्रिया दिनुहोस