काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी तेस्रो त्रैमाससम्ममा रू। ४२ लाख ७१ हजार नोक्सानीमा रहेको छ । यस आधारमा कम्पनीको नोक्सानी गत आवको तुलनामा चालू आवमा केही घटेको छ ।
कम्पनीको खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा ४८ दशमलव ५३ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. १ करोड २५ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा घटेर रू. ६४ लाख ६९ हजारमा सिमित भएको हो ।
चुक्ता पूँजी रू. २६ करोड २४ लाख रहेको कम्पनीले तेस्रो त्रैमाससम्ममा जगेडामा रू. १८ करोड ७८ लाख र शेयर प्रिमियममा रू. १ करोड १ लाख सञ्चिती गरेको छ ।