काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन्। दुई दिने नेपाल भ्रमणमा आएका थानी मंगलबार अपरान्ह पौने ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका छन्।राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणमा थानी नेपाल आएका हुन्। कतारी अमिर फिलिपिन्स र बङ्गलादेशको औपचारिक भ्रमण पूरा गरी आज नेपाल आइपुगेका हुन्। अमिरको यो भ्रमणबाट नेपाल र कतारबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा थप मद्दत पुग्ने अपेक्षा गरिएको छ ।