काठमाडौं । सीइडीबी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज वैशाख १८ गते मंगलबार अन्तिम दिन हो । साधारण सभा प्रयोजनका लागि यसले वैशाख १९ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ ।सीइडीबीले गत आर्थिक वर्षको नाफबाट ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्दैछ ।