Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

भरतीय योगगुरु बाबा रामदेवका पतञ्जली ब्रान्डका उत्पादन प्रतिबन्धित


नया सडक

२०८१, वैशाख १८ मंगलबार

  • 570
    Shares

  • भरतीय योगगुरु बाबा रामदेवका पतञ्जली ब्रान्डका उत्पादन प्रतिबन्धित

    काठमाडौं । भारतीय योग गुरु बाबा रामदेवका  पतञ्जली ब्रान्डका एक दर्जनभन्दा बढी उत्पादनमा प्रतिबन्ध लगाइएको छ ।पतञ्जलीको दिव्य फार्मेसीसँग सम्बन्धित भ्रामक विज्ञापनले उनका कम्पनीको उत्पादनहरूमा  प्रतिबन्ध लगाइएको हो । यो जानकारी उत्तराखण्डको लाइसेन्सिङ प्राधिकरणले सर्वोच्च अदालतमा दायर गरेको शपथपत्रमा उल्लेख गरेको हो ।

    प्राधिकरणका अनुसार पतञ्जलीका १४ उत्पादनको लाइसेन्स तत्काल प्रभावबाट निलम्बन गरिएको छ ।प्रतिबन्ध लगाइएका दिव्य फार्मेसीका उत्पादनहरूमा श्वसरी गोल्ड, श्वसरी वटी, दिव्या ब्रोन्कोम, श्वासरी प्रवाही, श्वसरी अवलेह, मुक्तवती एक्स्ट्रा पावर, लिपिडम, बीपी ग्रिट, मधुग्रिट, मधुनाशिनी वटी एक्स्ट्रा पावर, लिवामृत एडभान्स, लिभोग्रिट गोल्ड, आइग्रिट र पतञ्जली दृष्टि आई ड्रपर रहेका छन् ।

    अप्रिल २३ मा अन्तिम सुनुवाइ क्रममा सर्वोच्च अदालतले भ्रामक विज्ञापनका बारेमा पत्रपत्रिकाहरूमा प्रमुखता साथ माफी नमागेको भन्दै पतञ्जलीलाई प्रश्न गरेको थियो ।अदालतले पत्रपत्रिकामा पतञ्जलिले दिएको माफीको आकार आफ्नो उत्पादनका लागि पूरा पृष्ठको विज्ञापन बराबर हो कि होइन भनेर भनेर सोधेको थियो ।पतञ्जलीले ६७ पत्रपत्रिकामा माफी मागेको भन्दै अदालतप्रति पूर्ण सम्मान रहेको र गल्ती नदोहो¥याउने प्रतिबद्धता व्यक्त गरेको थियो ।

    सर्वोच्चको आदेशपछि पतञ्जलीले पत्रिकामा अर्को माफीनामा पनि छपाएको थियो जुन अघिल्लो माफीनामाभन्दा ठूलो थियो ।यसअघि रामदेव र बालकृष्णले महामारीको समयमा कोरोनिल जस्ता उत्पादनहरूको प्रभावकारिताको बारेमा उच्च दाबी गर्दै फर्मद्वारा जारी विज्ञापनहरूमा सर्वोच्च अदालतमा ‘बिनासर्त माफी’ मागेका थिए ।

    सर्वोच्च अदालतले नोभेम्बर २०२३ मा इन्डियन मेडिकलले दायर गरेको मुद्दाको सुनुवाइ गर्दै पतञ्जलीलाई आफ्ना उत्पादनहरूको विज्ञापन रोक्न निर्देशन दिएको थियो । यसमा ड्रग्स र म्याजिक रेमेडिज (आपत्तिजनक विज्ञापन) ऐन, १९५४ मा निर्दिष्ट रोग र विकारहरूको उपचार गर्ने दाबी गरेको उल्लेख गरिएको थियो ।

    मुद्दामा पतञ्जलीले कोभिडविरुद्धको खोप कार्यक्रम र एलोपेथीविरुद्ध नकारात्मक प्रचार गरेको र आफ्नो आयुर्वेदिक औषधीबाट केही रोग निदान हुने झुठो दाबी गरिएको आरोप लगाइएको थियो । (एजोसी )

    प्रतिक्रिया दिनुहोस