Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

सिटिजन लाइफको लाभांश क्यान्सिल गर्ने तयारीमा बिमा प्राधिकरण


नया सडक

२०८१, वैशाख २४ सोमबार

  • 717
    Shares

  • सिटिजन लाइफको लाभांश क्यान्सिल गर्ने तयारीमा बिमा प्राधिकरण

    काठमाडौं । सिटिजन लाइफ इन्सुरेन्सले सोमबार घोषणा गरेको लाभांश क्यान्सिल हुने भएको छ । नेपाल बिमा प्राधिकरणबाट स्वीकृति नलिकन लाभांश घोषणा गरेको भन्दै उक्त लाभांशलाई प्राधिकरणले क्यान्सिल गर्न लागेको हो । ‘सिटिजन लाइफले बिमा प्राधिकरणबाट स्वीकृति नलिकन लाभांश घोषणा गरेको हो’ बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, ‘उक्त लाभांशलाई बिमा प्रधिकरणले स्वीकृति दिंदैन ।सिटिजन लाइफले २६.९८ प्रतिशत बोनस सेयर र १.४२ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल २८.४० प्रतिशत लाभांश घोषणा गरेको छ । यस कम्पनीको वैशाख २३ गते आइतबार बसेको सञ्चाल समिति बैंठकले सेयर प्रिमियममा रहेको रकमबाट लाभांश दिने निर्णय गरेको हो ।

     

    प्रतिक्रिया दिनुहोस