काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज वैशाख २६ गते बुधबार अन्तिम दिन हो । साधारण सभा प्रयोजनका लागि यसले वैशाख २७ गते बुक क्लोज गर्ने भएको छ । लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ ।
यस कम्पनीले गत आर्थिक वर्षको नाफाबाट २३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.२५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले जेठ ९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा अमृतभोग केटरर्स कालिकास्थान, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।