काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज वैशाख २८ शुक्रबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....
सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब रु एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने
काठमाडौँ । सरकारले विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु कोषमार्फत प्राप्त हुने अमेरिकी डलर ९०,२४,३१२ ९करिब रु एक अर्ब २० करोड० बराबरको अनुदान सहायता स्वीकार गर्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले इजरायल घटनामा परी निधन भएका ६ नेपालीको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्बन्धित ठेगानासम्म पु¥याउँदा लागेको कूल खर्च रु २८ लाख ३६ हजार आठ सय ३४ सम्बन्धित पक्षलाई भुक्तानी गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
आगामी आर्थिक वर्षको निति तथा कार्यक्रमका लागि सेबोनले माग्यो सुझाव
काठमाडौं । नेपाल धितोपक्र बोर्ड९सेबोन० ले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यत्रमका लागि सरोकारवालाहरूबाट रायरसुझाव माग गरेको छ ।
धितोपत्र बजार तथा वस्तु विनिमय बजार का लागि आवश्यक बजार पूर्वाधारको व्यवस्था, बजार तथा नियमनको पहुँच अभिबृद्धि, बजारको प्रभावकारी नियमन तथा सुपरीवेक्षण, आधुनिक तथा लगानीमैत्री बजारको स्तरोन्नति, बजार विकास तथा विस्तारका लागि सरोकारवालाहरुले सुझाव दिन सक्नेछन ।
जीवन विकास लघुवित्तको खुद नाफा १९.०४ प्रतिशतले घट्यो
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८०-८१ को तेस्रो त्रैमाससम्म २६ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा १९.०४ प्रतिशत कम हो ।खुद ब्याज आम्दानी १ अर्ब १९ करोडबाट घटेर १ अर्ब १५ करोड रुपैयाँ कायम भएको छ । यस इम्पेयरमेन्ट चार्ज पनि ३१ करोड ७२ लाखबाट बढेर ४६ करोड ७३ लाख रुपैयाँ पुगेको छ । जस कारण नाफामा गिरावट देखिएको हो । हाल यस संस्थाको चुक्ता पुँजी १ अर्ब ३४ करोड ७५ लाख रुपैयाँको रहेको छ । यसको जगेडा कोषमा १ अर्ब २७ करोड २० लाख रुपैयाँ जम्मा छ ।
समता घरेलु लघुवित्तको खुद नाफा ३२१ प्रतिशतले बढ्यो
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८०-८१ को तेस्रो त्रैमाससम्म ३ करोड ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ३२१ प्रतिशत धेरै हो ।
संस्थाको इम्पेयरमेन्ट चार्ज रिभर्स भएको छ । जसकारण नाफमा सुधार आएको हो । यसले ६३ लाख ६९ हजार रुपैयाँ उक्त चार्ज रिभर्स गरेको छ। गत वर्ष यसको इम्पेयरमेन्ट चार्ज ३ करोड ८० लाख थियो। संस्थाको खुद ब्याज आम्दानी १४ करोड ५१ लाख रुपैयाँ पुगेको छ।
लक्ष्मी सनराइज बैंकको करिब ७६ लाख कित्ता संस्थापक शेयर विक्री खुला
काठमाडौं । सनराइज बैंक लिमिटेडले ७५ लाख ८८ हजार ३९७ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । यी शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय हात्तीसार, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।
नेष्डो समृद्ध लघुवित्तको खुद नाफा ६८.४९ प्रतिशतले घट्यो
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८०-८१ को तेस्रो त्रैमाससम्म ४ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ६८.४९ प्रतिशतले कम हो ।संस्थाको इम्पेयरमेन्ट चार्ज ४ करोड ५ लाख पुगेको छ । यता, खुद ब्याज आम्दानी पनि करिब ३० प्रतिशतले घटेर १९ करोड ४६ लाख कायम भएको छ । जसकारण नाफामा असर परेको हो । हाल यस संस्थाको चुक्ता पुँजी २५ करोड ५० लाख रुपैयाँको रहेको छ ।
युनिलिभर नेपालको खुद नाफा ३०.४६ प्रतिशतले बढ्यो
काठमाडौं । युनिलिभर नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४८ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको भन्दा ३०.४६ प्रतिशतले थोरै हो ।
कम्पनीको सञ्चालन आम्दानी पनि १.५२ प्रतिशतले बढेर ११ अर्ब ९९ करोड कायम भएको छ ।यस अवधिमा कम्पनीले खर्च भने १ अर्ब ५४ करोड रुपैयाँबाट घटाएर १ अर्ब ४५ करोड रुपैयाँमा झारेको छ ।
छिमेक लघुवित्तको खुद नाफा २६.९० प्रतिशतले घट्यो
काठमाडौं । छिमेक लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । यसअवधिमा खुद नाफा २६.९० प्रतिशतले घटेर ६४ करोड ३७ लाख ६२ हजार रुपैयाँमा सीमित भएको छ ।
खुद ब्याज आम्दानी २.८५ प्रतिशतले घटेर २ अर्ब ५ करोड ६६ लाख ४६ हजार रुपैयाँमा सीमित भएको छ ।सञ्चालन नाफा २७.३७ प्रतिशतले घटेर ९० करोड ४१ लाख २३ हजार रुपैयाँमा सीमित भएको छ ।
सानिमा रिलायन्स लाइफको खुद नाफा ९२.९४ प्रतिशतले बढ्यो
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ९२.९४ प्रतिशत धेरै हो ।खुद बिमा शुल्क ११७.०८ प्रतिशतले बढेर ४ अर्ब १ करोड रुपैयाँ पुगेको छ । लगानी तथा कर्जाबाट हुने आम्दानी पनि १४२.७२ १ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । जसका कारण नाफामा सुधार आएको हो । बिमा कोषको आकार २४.१४ प्रतिशतले बढेर १३ अर्ब ५५ करोड रुपैयाँ भन्दा बढी पुगेको छ ।
तोलामा रु दुई हजार तीन सयले बढ्यो सुनको मूल्य , प्रतितोला रु एक लाख ३७ हजार रुपैयाँ
काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु दुई हजार तीन सयले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन बिहीबार प्रतितोला रु एक लाख ३५ हजार छ सयमा कारोबार भएको थियो । आजका लागि भने छापावाला सुन तोलामा रु एक लाख ३७ हजार नौ सय बराबरको मूल्य निर्धारण भएको छ ।
कोशी विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश
काठमाडौँ ।सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनविरुद्ध दायर रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीश हरि फुयालको एकल इजलासले आज रिटको प्रारम्भिक सुनुवाई गर्दै सो सवाल संविधानको व्यख्यासँग जोडिएकाले पूर्ण सुनुवाईबाट हुनुपर्ने देखिएको भन्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । त्यसैगरी आगामी जेठ ९ गते पेशी तोकी दुवै पक्षसँग छलफलका लागि बोलाउने आदेश दिएको हो ।
नेपाल चिया विकास निगम लिमिटेडका सिनियर एकाउन्टेन्ट सञ्जय बिलोटियासहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । झापा बिर्तामोडस्थित नेपाल चिया विकास निगम लिमिटेडका सिनियर एकाउन्टेन्ट सञ्जय बिलोटियासहित चारजनाविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३९ लाख ८९ हजार ६ सय ७७ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै मुद्दा दायर गरेको हो।
आयोगले बिलोटियासँगै तत्कालीन लेखापाल मनीषकुमार कर्ण, तत्कालीन अफिस कर्ल्क राजु भनिने गुणराज श्रेष्ठ र नेपाल विद्युत प्राधिकरण, भद्रपुर वितरण केन्द्रका तत्कालीन लेखापाल बेदबहादुर रानालाई पनि भ्रष्टाचारको अभियोग लगाएको छ।
विदेश पठाइदिने बहानामा साढे पाँच करोड ठगी गर्ने गिरोह पक्राउ
काठमाडौ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने प्रलोभन देखाइ विभिन्न व्यक्तिसँग रु पाँच करोड ५० लाख ठगी गर्ने गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका(२ घर भइ हाल काठमाडौँ बुढानिलकण्ठ नगरपालिका(११ कपन बस्ने ४७ वर्षीय टासी शेर्पा, सिन्धुपाल्चोक साविक कर्थली गाविस–१ घर भई हाल काठमाडौँ गोकर्णेश्वर(५ जोरपाटी बस्ने ४२ वर्षीय ङिमबुटी शेर्पा तथा सन्धुपाल्चोक जुगल गाउँपालिका(१ घर भई हाल गोकर्णेश्वर(५ जोरपाटी बस्ने १९ वर्षीया निमा शेर्पा रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
विभिन्न पदाधिकारीलाई विदेश भ्रमण र वन्यजन्तु कोषबाट ९० लाख बढी अमेरिकी डलर अनुदान सहित दुई दर्जन बढी सरकारका निर्णयहरू
काठमाडौं । सरकारले विभिन्न पदाधिकारीलाई विदेश भ्रमण र वन्यजन्तु कोषबाट ९० लाख बढी अमेरिकी डलर अनुदान लिने सहित दुई दर्जन बढी निर्णयहरू गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट २५ वटा निर्णय गरिएका हुन् ।
बंगलादेशमा आयोजना हुने लर्निङ एक्सचेन्ज एण्ड एक्सपेरिन्स शेयरिङ भिजिटमा राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. शिवराज अधिकारीलाई जान स्वीकृति दिएको छ। यसैगरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त डा.सुमित्रा श्रेष्ठ अमात्यलाई मलेसिया जान स्वीकृति दिएको छ । उनी भ्रष्टाचार निवारण सम्बन्धी तालिममा सहभागी हुन जान लागेकी हुन्।
प्रधानमन्त्री प्रचण्डद्वारा पहिलो पटक नेपालमा गाडी उत्पादन गर्ने हुन्डाई एसेम्बल प्लान्टको उद्घाटन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गाडी निर्माण गर्ने नेपालकै गाडी एसेम्बल प्लान्टको उद्घाटन गरेका छन् ।नेपालको नवलपरासीमा सञ्चालन हुने दक्षिण कोरियाको गाडी निर्माता कम्पनी हुन्डाईको एसेम्बल प्लान्टको प्रधानमन्त्री प्रचण्डले शुक्रबार उद्घाटन गरेका हुन् ।
नेपालमा आफ्नो आधिकारिक विक्रेता लक्ष्मी ग्रुपको लक्ष्मी मोटर कर्पोरेसनसँगको साझेदारीमा हुन्डाईले नेपालमा एसेम्बल प्लान्ट सञ्चालनमा ल्याएको हो ।
सरकारी नीतिका कारण कर्पोरेसनले २०७६ सालमा ५ अर्ब १० करोड रुपैयाँ लागतमा एसेम्बल उद्योग दर्ता गरे पनि यसअघि सञ्चालनमा ल्याएको थिएन् । सरकारले बजेटमा एसेम्बल उद्योगलाई प्रोत्साहन गर्ने नीति बनाएपछि कर्पोरेसनले प्लान्ट निर्माणको कामलाई अगाडि बढायो ।
चितवनको देवनगर सबस्टेसन सञ्चालनमा, भरतपुरको दक्षिण–पश्चिम क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–६, देवनगरमा ३३र११ केभी सबस्टेसन सञ्चालनमा आएको छ । २४ एमभिए क्षमताको पावर ट्रान्सफर्मर जडित विद्युत् वितरणतर्फको देवनगर सबस्टेसन निर्माण सम्पन्न गरी बिहीवार चार्ज गरिएको हो ।
भरतपुर महानगरपालिका–११ स्थित १३२ केभी बसेनी सबस्टेसनबाट गएको ३३ केभी लाइनलाई गोन्द्राङमा ट्यापिङ गरी देवनगर सबस्टेसनसम्म पुर्याइएको छ ।
गोन्द्राङबाट देवनगर सबस्टेसनसम्म करीब साढे ९ किलोमिटर ३३ केभी प्रसारण लाइन निर्माण गरिएको छ । उक्त प्रसारण लाइन पनि चार्ज गरिएको छ । देवनगर सबस्टेसनबाट स्थानीयरूपमा विद्युत् आपूर्तिका लागि ११ केभीका ४ वटा फिडर छन् । देवनगर सबस्टेसनबाट विद्युत् आपूर्ति दिन थालेपछि भरतपुरको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने गौरीगञ्ज, प्रेमबस्ती, शिवनगर, फूलबारी, गीतानगर, पटिहानी, सितामाई क्षेत्रका उपभोक्ताले बेहोर्दै आएको न्यून भोल्टेजको समस्या समाधान भई आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित हुनेछ ।
चालु आर्थिक वर्षको पहिलो ९ महिनामा २२४ निर्माण सेवा कम्पनी कालोसूचीमा
काठमाडौं । काठमाडौं । चालु आर्थिक वर्ष २०८०÷०८१को पहिलो ९ महिनामा २२४ निर्माण सेवा कम्पनी कालोसूचीमा परेका छन् ।विकास निर्माणको ठेक्का लिएर खरिद सम्झौता बमोजिम समयमा निर्माण कार्य सम्पन्न नगरेका तथा अन्य विभिन्न कारणले पछिल्लो ९ महिनामा २२४ निर्माण कम्पनी कालोसूचीमा परेको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको हो ।
निर्माण सेवा कम्पनीहरुले सम्झौता बमोजिम काम सम्पन्न नगरेपछि सार्वजनिक निकायले कालोसूचीमा राख्न सिफारिस गरेको थियो । सो सिफारिसका आधारमा कार्यालयले तथ्यमा आधारित भएर कालोसूचीमा राख्ने गरेको सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रवक्ता विष्णुप्रसाद शर्माले जानकारी सार्वजनिक गरेका छन् ।
नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज मर्मतमा भएको ढिलाइबारे छानबिन गर्न समिति गठन
काठमाडौं । नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज मर्मतमा भएको ढिलाइबारे छानबिन गर्न समिति गठन गरिएको छ ।नेपाल एयरलाइन्स व्यवस्थापनले निगमको ९एन–एकेएक्स जहाजको इन्जिन मर्मतमा करिब ५ महिनाभन्दा बढी समय लागेको विषयमा छानबिन समिति गठन गरेको हो ।
निगमका प्रवक्ता रमेश पौडेलले जानकारी सार्वजनिक गरे अनुसार निगम सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्य सुधिर शमशेर राईको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।
यो समितिलाई जहाजको इन्जिन इजरायल एरोस्पेस इन्ड्रस्ट्रिजमा मर्मतका लागि पठाएकोमा समयमा नआएको र भाडाको इन्जिन समयमा नदिएको सम्बन्धमा छानबिन र अध्ययन गरी १५ दिनभित्र सिफारिससहितको प्रतिवेदन बुझाउने गरी कार्य आदेश दिइएको छ ।
जेलेन्स्कीलाई मार्ने षड्यन्त्र रचेको अभियोगमा स्टेट गार्डका प्रमुख बर्खास्त
किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको हत्याको षड्यन्त्रमा दुई जना सदस्य संलग्न भएको आरोप लागेपछि राज्य गार्डका प्रमुखलाई बर्खास्त गरिएको अल जजिराले जनाएको छ ।
जेलेन्स्कीले बिहीबार राज्य गार्डका पूर्वनेता सेरही रुडलाई बर्खास्त गर्नुभएको अल जजिराले रिपोर्ट गरेको छ । राज्य सुरक्षा सेवा ९एसबियु० ले यस हप्ताको सुरुमा जेलेन्स्की र अन्य अधिकारीहरू विरुद्धको हत्याको षड्यन्त्र पत्ता लगाएको बताएपछि यो निर्णय आएको हो ।
निजी क्षेत्रको सहकार्यबिना देशको आर्थिक समृद्धि हुन सक्दैन : प्रधानमन्त्री दाहाल
नवलपरासी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्य र निजी क्षेत्रको सहकार्यबिना देशको आर्थिक समृद्धि हुन नसक्ने जिकिर गर्नुभएको छ ।
लक्ष्मी गुप्रअन्तर्गतको लक्ष्मी मोटर अपरेशनले पश्चिम नवलपरासीको रामग्राममा हुन्डाई कम्पनीका गाडीको जडान(एसेम्बेलिङ_उद्योगको आज शुभारम्भ गर्नुहुँदै प्रधानमन्त्री दाहालले निजी क्षेत्रको सहकार्य अनिवार्य रहेको बताउनुभएको हो ।
पछिल्लो समय देशमा आर्थिक क्षेत्रको आधारभूत सूचक परिस्कृत हुँदै गएको जिकिर गर्नुहुँदै प्रधानमन्त्री दाहालले नेपालमा बाह्य लगानी मैत्री वातावरण सिर्जना गर्न सकारात्मकरुपमा काम गरिरहेको जानकारी दिनुभयो ।