काठमाडौं । नेपाल इन्सुरेन्सको जेठ ४ गते विशेष साधारण सभा बस्ने भएको छ । हकप्रद सेयर जारी गर्ने प्रस्ताव अनुमोदन गर्न कम्पनीले विशेष साधारण सभा बोलाएको छ । सभा नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग भृकुटीमण्डप काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा कम्पनीले हाल कायम चुक्ता पुँजीबाट ४०% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । विशेष सभाबाट प्रस्ताव पारित भएपछि निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनुपर्छ । सभा प्रयोजनका लागि कम्पनीले वैशाख २७ गते बुक क्लोज गरेको छ ।नेपाल इन्सुरेन्सको हाल चुक्ता पुँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँ रहेको छ । यस पुँजीमा ४०% हकप्रद सेयर भएपछि चुक्ता पुँजी २ अर्ब ३० करोड १९ लाख ३८ हजार ७१६ रुपैयाँ पुग्नेछ ।