Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

सुर्यकुण्ड हाइड्रोले १३ लाख ७९ हजार कित्ता आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा कुमारी क्यापिटल


नया सडक

२०८१, वैशाख ३१ सोमबार

  • 675
    Shares

  • सुर्यकुण्ड हाइड्रोले १३ लाख ७९ हजार कित्ता आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा कुमारी क्यापिटल

    काठमाडौं । सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आईपीओ निष्कासन गर्नको लागि विक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले कुमारी क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको हो ।

    उक्त सम्झौतापत्रमा सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष सतिश न्यौपाने तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

    कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको १३ लाख ७९ हजार ३५० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणमा निष्कासन गर्ने तयारीमा छ । अब कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएर स्वीकृति पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछ । अपि पावर कम्पनी लिमिटेडको मुख्य लगानी रहेको सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले नुवाकोटको घ्याङफेदीस्थित माथिल्लो तादी खोलाको पानी सदुपयोग गरि ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस