काठमाडौं । आज नेप्से परिसूचक २४.३९ प्रतिशतले बढेर १९९८.८९ विन्दुमा आएको छ । यस दिन ३ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । ५ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।
यस दिन ३२० कम्पनीको ९५ लाख ४१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३० करोड ८० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनीको संस्थापक सेयर अग्रस्थानमा छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी हाइड्रोपावर र कर्णाली डेभलपमेन्ट बैंक परेका छन् ।