Logo

Nov 23 2024 | २०८१, मंसिर ८गते

images

जीवन विकास लघुवित्तको खुद नाफा १९ प्रतिशतले घट्यो


नया सडक

२०८१, जेठ १ मंगलबार

  • 678
    Shares

  • जीवन विकास लघुवित्तको खुद नाफा १९ प्रतिशतले घट्यो

     काठमाडौं। तेस्रो त्रैमाससम्म २६ करोड ६५ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । यस वर्ष कम्पनीको सञ्चालन नाफा समेत १९ प्रतिशत कम भएको छ । गत वर्ष ४७ करोड ३ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष ३८ करोड ७ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको हो ।
    तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा ६५ करोड ५६ लाख रूपैयाँभन्दा बढी छ ।

    हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ३४ करोड ७५ लाख रूपैयाँभन्दा बढी रहेको छ भने जगेडा कोष रकम १ अर्ब २७ करोड रूपैयाँभन्दा बढी रहेको छ । रिटर्न अर्निग भने ६५ करोड ५६ लाख रूपैयाँभन्दा बढी छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको निक्षेप संकलन १ दशमलव २१ प्रतिशत बढी र कर्जा प्रवाह करिब १४ प्रतिशत बढी भएको छ । कम्पनीले यो ९ महिनामा १० अर्ब १५ करोड ३१ लाख रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले २५ अर्ब ९० करोड ५५ लाख रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस