Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रतिनिधिसभाको बैठक स्थगित , अर्को बैठक जेठ ६ गते


नया सडक

२०८१, जेठ ४ शुक्रबार

  • 597
    Shares

  • प्रतिनिधिसभाको बैठक स्थगित , अर्को बैठक जेठ ६ गते

     

    काठमाडौँ ।  प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान ११ बजेका लागि तय भएको संसद् सचिवालयका महासचिव  पद्म प्रसाद पाण्डेयले जानकारी दिनुभयो । 

     

    प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले सहकारीको रकम हिनामिना भएको विषयलाई लिएर संसदीय छानबिन समिति गठनको माग गर्दै बैठक अवरोध गर्दै आएको छ ।

     

    यसअघि आज बिहान ११ बजे बस्ने गरी बैठक बोलाइए पनि सूचना टाँस गरी दिउँसो २ बजेका लागि तय भएको थियो । विशेष कारणले बैठक बस्न नसकेको भन्दै आजको बैठक स्थगन गरिएको संसद् सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस