Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

काठमाडौँमा हावाहुरीसहित वर्षा सुरु


नया सडक

२०८१, जेठ ७ सोमबार

  • 558
    Shares

  • काठमाडौँमा हावाहुरीसहित वर्षा सुरु

    काठमाडौँ । काठमाडौँमा हावाहुरीसहित वर्षा सुरु भएको छ । आज बिहानैबाट काठमाडौँका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा सुरु भएको हो ।

    काठमाडौँका धेरै स्थानमा अहिले हावाहुरीसहित वर्षा भइरहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, धापड्याम, शिवपुरीमा पानी परिरहेको र सबैभन्दा बढी सुन्दरीजलमा वर्षा भइरहेको छ ।”

    उपत्यकाको उत्तरी भेगका अधिकांश ठाउँमा वर्षा भइरहेको तथा करिब दुईरतीन घण्टा वर्षासहित मौसम बदली भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    यसैगरी आज बागमती, कोशी तथा मधेस प्रदेशका एक दुई स्थानमा राति भारी वर्षा हुने सम्भावना रहेको मौसमविद् अर्यालले बताउनुभयो । स्थानीय वायुको प्रभावले हावाहुरीसहित वर्षा भइरहेको तथा आज काठमाडौँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।रासस

    प्रतिक्रिया दिनुहोस