Logo

Nov 25 2024 | २०८१, मंसिर १०गते

images

नेपाल सोलार फार्म लिमिटेडले आईफीओ निष्कासन गर्ने , विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल


नया सडक

२०८१, जेठ ८ मंगलबार

  • 669
    Shares

  • नेपाल सोलार फार्म लिमिटेडले आईफीओ निष्कासन गर्ने , विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

    काठमाडौं । नेपाल सोलार फार्म लिमिटेडले १२ करोड रूपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्कासनको लागि विक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले प्रति शेयर १०० रूपैयाँ अंकित मूल्यमै १२ लाख कित्ता आईपीओ सर्वसाधारणमा जारी गर्न लागेको हो । यसका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।ग्लोबल आइएमई क्यापिटल लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय नक्साल, काठमाण्डौंमा आयोजित एक विशेष कार्यक्रममा नेपाल सोलार फार्मलिमिटेडको तर्फबाट सञ्चालक जितेन्द्र भट्टराई र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले सम्झौता पक्रमा हस्ताक्षर गरेका हुन । 

    प्रतिक्रिया दिनुहोस