Logo

Nov 25 2024 | २०८१, मंसिर १०गते

images

चार करोड बराबरको कोकिनसहित विदेशी नागरिक पक्राउ


नया सडक

२०८१, जेठ १४ सोमबार

  • 537
    Shares

  • चार करोड बराबरको कोकिनसहित विदेशी नागरिक पक्राउ

    काठमाडौँ ।  नेपाल प्रहरीले अवैध लागुऔषध कोकिनसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

          प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले एक किलोग्राम १०१ ग्राम कोकिनसहित कङ्गोलियाका नागरिक ४९ वर्षीय अपुला एकुत्सु बोंगोलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

          ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक रामेश्वर कार्कीले दुबईबाट यही जेठ ४ मा नेपाल आएकी अपुलाले झोलाभित्र लुकाएर राखेको अवस्थामा जेठ ११ गते शुक्रबार ठमेलबाट पक्राउ गरिएको जानकारी दिनुभयो । झोलाभित्र प्लास्टिकमा  ¥यापिङ गरी राखिएका ८५ वटा क्याप्सुलसहित प्रहरीले  उक्त कोकिन फेला पारेको हो ।

          पक्राउ परेकी अपुलाले उक्त क्याप्सुल पेटभित्र निलेर लुकाई छिपाई ल्याएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रवक्ता कार्कीले बताउनुभयो । उक्त कोकिनको बजार मूल्य रु तीन करोड ८५ लाख बराबर हुने प्रहरीले बताएको छ ।

          पक्राउ परेकी उनलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम जिल्ला अदालत काठमाडौँबाट लागुऔषध मुद्दामा म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस