Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

शेयर बजार : नेप्से परिसूचक ३.९३ बढेर २११३.२७ विन्दुमा ,३ अर्ब ८९ करोडको कारोबार


नया सडक

२०८१, जेठ १४ सोमबार

  • 648
    Shares

  • शेयर बजार : नेप्से परिसूचक ३.९३ बढेर २११३.२७ विन्दुमा ,३ अर्ब ८९ करोडको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक ३.९३ बढेर २११३.२७ विन्दुमा आएको छ । आज ३ अर्ब ८९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये १० वटा समुहका सूचक सकारात्मक भएका छन् ।
    यस दिन सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साढे १८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने पोखरा फाइनान्सको करिब साढे १८ करोडको शेयर कारोबार भएको छ।

    यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक १.८० प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त उपसमूहको परिसूचक १.४१ प्रतिशत बढेको छ। यस दिन बैंकिङ्ग, होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक घटेको छ।

     

    प्रतिक्रिया दिनुहोस