Logo

Nov 25 2024 | २०८१, मंसिर १०गते

images

‘रेमल’ चक्रवातले नेपालको मौसम पनि बदली हुने


नया सडक

२०८१, जेठ १४ सोमबार

  • 636
    Shares

  • ‘रेमल’ चक्रवातले नेपालको मौसम पनि बदली हुने

     

    काठमाडौँ । नेपालमा ‘रेमल’ चक्रवातको प्रत्यक्ष प्रभाव नरहेता पनि यसको अप्रत्यक्ष प्रभावबाट सोमबार र मङ्गलबार कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्ण बदली रहनेछ ।बङ्गालको खाडीमा विकसित भएको न्यून–चापीय प्रणाली यही १२ गते साँझ चक्रवातमा परिणत भई हाल शक्तिशाली चक्रवातका रुपमा रहेको छ । उक्त चक्रवातको नाम ‘रेमल’ नामाङ्कन गरिएको छ । उक्त चक्रवात भारतको पश्चिम बङ्गाल तथा बङ्गलादेशको तटीय क्षेत्रीयतर्फ अगाडि बढिरहेको देखिन्छ ।

     

    उत्तरी बङ्गालको खाडीमा रहेको शक्तिशाली ‘रेमल’ चक्रवात आज राति बङ्गलादेश र पश्चिम बङ्गाल आसपासको तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

     

    महाशाखाका अनुसार कोशी प्रदेशको केही स्थानमा मेघगर्जन÷चट्याङ हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । 

     

    त्यस्तै, तराईका भू–भागमा हावाहुरीको समेत सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ । मधेस प्रदेशको थोरै स्थानमा मेघगर्जन÷चट्याङ  हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरिएको छ । 

     

    त्यस्तै, वाग्मती प्रदेशको थोरै स्थान मेघगर्जन÷चट्याङ  हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।गण्डकी प्रदेशको केही स्थान मेघगर्जन÷चट्याङ  हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा र  एक–दुई स्थानमा भारी वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस