काठमाडौं । आज नेप्से परिसूचक १३.५१ अंकले बढेर २०८३.०४ विन्दुमा आएको छ । आज ४ अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये १० समूहका सूचक बढेका छन् ।
यस दिन ३२५ कम्पनीको ९६ लाख ९७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २२ करोड ६४ लाख रुपैयाँसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः पोखरा फाइनान्स र फस्ट माइक्रोफाइनान्स परेका छन् ।