Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

स्रोत नखुलेको ७२ लाखसहित दुईजना पक्राउ


नया सडक

२०८१, जेठ २० आइतबार

  • 477
    Shares

  • स्रोत नखुलेको ७२ लाखसहित दुईजना पक्राउ

     

          काठमाडौँ । नेपाल प्रहरीले स्रोत नखुलेको रु ७२ लाख रकमसहित दुईजनालाई पक्राउ गरेको छ ।

     

          जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–७ चावहिलस्थित लुम्बिनी खाजा घर तथा गेष्ट हाउसबाट दुवैजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भोजपुरको पौवा डुग्मा गाउँपालिका–४ घर भइ हाल न्यूरोड बस्दै आएका ५० वर्षीय भीमसेन विश्वकर्मा र सोही स्थानका २९ वर्षीय खेमराज विश्वकर्मा रहेका छन् ।  

          

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो । 

     

    प्रतिक्रिया दिनुहोस