Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

अर्जुननरसिंह केसीले ४१ हजार बढी राजनीतिक र प्रशासनिक व्यक्तिमाथि छानबिन भएको प्रतिवेदन सार्वजनिक गर्न माग


नया सडक

२०८१, जेठ २२ मंगलबार

  • 294
    Shares

  • अर्जुननरसिंह केसीले ४१ हजार बढी राजनीतिक र प्रशासनिक व्यक्तिमाथि छानबिन भएको प्रतिवेदन सार्वजनिक गर्न माग

    काठमाडौं।मंगलबार प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले ४१ हजार बढी राजनीतिक र प्रशासनिक व्यक्तिमाथि छानबिन भएको प्रतिवेदन सार्वजनिक गर्न माग राखेका छन । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश भैरवप्रसाद लम्सालको अध्यक्षतामा गठित सम्पत्ति न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग राखेका हुन् ।  देशमा भ्रष्टाचार नियन्त्रण गर्न नसक्दा सम्म मुलुकले आर्थिक रुपमा गति लिन नसक्ने केसीले बताए । 

    लम्साल आयोगको २०४७ लेखि २०५८ सम्मको प्रतिवेदन, जो ४१ हजार भन्दा बढी राजनीतिक प्रशासनिक व्यक्तिको छानबिन गरिएको थियो । कांग्रेस नेता केसीले   त्यसलाई सार्वजनिक गर्न  भने । उच्च राजनीतिक र प्रशासनिक व्यक्तिकै कारण मुलुकको आर्थिक अवस्था सुधार हुन नसकेको उनले बताए। यो देशका उच्चस्तर, शक्तिशाली जुनसुकै तहको भएता पनि राजनीतिदेखि प्रशासनसम्मका उच्चस्तरीय धनाढ्यहरु भएको सम्पत्ति विदेशमा थुपार्ने र रिटायर्ड भएपछि त्यतैजाने मानसिकता बोकेर हामीले यो देशको अर्थतन्त्रलाई कसरी विकास गर्न सकिन्छ ।

    वर्तमान सरकारले सुशासनका लागि काम गरिरहेको बताइरहेको स्मरण गर्दै उनले विगतको यस्तो तितो यथार्थ बुझ्न, विगतमा व्यक्तिका सम्पत्ति माथि भएका छानबिन प्रतिवेदन सार्वजनिक गर्न र २०५८ साल यताका राजनीतिक र प्रशासनिक व्यक्तिको सम्पत्तिमाथि छानबिन गर्न सरकारलाई उनको आग्रह छ ।

    प्रतिपक्षले छानबिन गर भनेको सुन्थे । सुनकाण्ड लगायतको सार्वजनिक गरियोस् । अहिले  त स्वयम गृहमन्त्रीले  नै  यो छानबिन नगर्ने भनिरहेको उनले बताए ।

     

    प्रतिक्रिया दिनुहोस