Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

मुख्यमन्त्री यादव पाँचौँपटक विश्वासको मत लिँदै


नया सडक

२०८१, जेठ २३ बुधबार

  • 357
    Shares

  • मुख्यमन्त्री यादव पाँचौँपटक विश्वासको मत लिँदै

    महेन्द्रनगर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उहाँले बुधबार १८ महिनामा  पाँचौँपटक विश्वासको मत लिन लाग्नुभएको हो । 

    पछिल्लोपटक सत्ता गठबन्धनमध्येका नेपाल कम्युनिष्ट पार्टी ९एमाले०, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले उहाँप्रतिको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि नेता यादवले पुनः विश्वासको मत लिनुपर्ने अवस्था सृजना भएको हो ।

    कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले आज दिउँसो ३ बजे विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । 

    विसं २०७९ पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त यादवले पहिलोपटक २०७९ माघ ४ गते विश्वासको मत लिनुभएको थियो । तत्पश्चात् विसं २०८० जेठ १ गते मधेस सरकारमा रहेको नेकपा (एमाले)ले समर्थन फिर्ता लिएपछि उहाँले जेठ ३० गते दोस्रोपटक विश्वासको मत लिनुभएको थियो भने तेस्रोपटक सोही वर्षको फागुन ६ गते विश्वासको मत लिनुभएको थियो । 

    जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रदेश संसदीय दलका नेतासमेत रहनुभएका यादवलाई नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यले समर्थन गर्नुभएको थियो । 

    यसअघि विपक्षमा रहेको नेपाली कांग्रेसले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय गरेको नेपाली कांग्रेस संसदीय दलका नेता एवं मधेस सभापति कृष्णप्रसाद यादवले राससलाई बताउनुभयो । रासस

    प्रतिक्रिया दिनुहोस