काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.४३ विन्दुले बढेको छ । यससँगै सूचक २०८७.७३ अंकमा आएको छ । १० लाख ४४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५७ कम्पनीको २ हजार २ सय ३७ कित्ता सेयर कारोबार भएको छ ।
२४ कम्पनीको भाउ बढ्दा २८ वटाको मूल्य घटेको छ ।