Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्   जेठ २३ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू.........


नया सडक

२०८१, जेठ २३ बुधबार

  • 462
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्   जेठ २३ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू.........

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज  जेठ २३ बुधबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू..........

    अर्थतन्त्रलाई चलायमान बनाउन बजेट उत्पादनमुखी छ : अर्थमन्त्री पुन

    काठमाडौँ ।  अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा नेपालको संविधान, सोह्रौँ आवधिक योजनाको सोच, गणतन्त्रको डेढ दशकका उपलब्धिको समीक्षा र विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतालाई ख्याल गरिएको बताउनुभएको छ । 

    उहाँले सांसदहरूको रचनात्मक सुझाव, नेपाल सरकारको नीति तथा कार्यक्रम एवं अन्तर्राष्ट्रिय जगत्मा व्यक्त गरेका प्रतिबद्धतालाई प्रमुख आधारका रूपमा ग्रहण गरी बजेट तर्जुमा गरिएको बताउनुभयो । 

    आव २०८१र८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरूले उठाउनुभएका प्रश्नको जवाफमा अर्थमन्त्री पुनले अर्थतन्त्र चलायमान हुँदै गएको, निजी क्षेत्रको मनोबल बढ्दै गएकाले वित्तीय क्षेत्रबाट लगानीयोग्य पुँजी थप परिचालन हुने, भर्खरै सम्पन्न लगानी सम्मेलनमा व्यक्त प्रतिबद्धताबमोजिम थप वैदेशिक लगानी परिचालन हुने विश्वास व्यक्त गर्नुभयो ।

    बजेटले अर्थतन्त्रलाई थप गति दिन्छ : अर्थमन्त्री पुन

    काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रलाई थप गति दिने बताउनुभएको छ । 

    प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले अर्थतन्त्रलाई लयमा अगाडि बढाउन र निजी क्षेत्रलाई विश्वासको वातावरण बनाउन बजेटले मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । “आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्रको लय पकड्ने छ”, अर्थमन्त्री पुनले भन्नुभयो, “अर्थतन्त्रका सबै क्षेत्रलाई सँगसँगै अगाडि बढाएर देशको अर्थतन्त्रलाई गतिशील बनाउने सरकारको सोच छ ।”

    उहाँले सरकारी र सार्वजनिक क्षेत्रको गुणस्तरीय पूर्वाधार निर्माण गर्न निजी क्षेत्रको लगानी प्रोत्साहनलाई प्राथमिकता दिएको बताउनुभयो । “निजी क्षेत्रलाई निरुत्साहित गरेर पुँजी निर्माण गर्न सकिँदैन, उत्पादन वृद्धि हुन सक्दैन र रोजगारी सिर्जना गर्न सकिँदैन भन्ने हाम्रो बुझाइ छ । सोही अनुरूप विश्वासको वातावरण बनाएर अर्थतन्त्रलाई चलायमान बनाउन सरकार लागिपरेको छ”, अर्थमन्त्री पुनले भन्नुभयो ।

    नयाँ बजेट सन्तुलित छ :  अर्थमन्त्री पुन

    काठमाडौँ । अर्थमन्त्री बर्षमान पुनले विगत वर्षमा गरिएका आर्थिक सुधारलाई बढावा दिने, उत्पादन र रोजगारी वृद्धि गर्ने लक्ष्यका साथ सरकारले आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्षको घोषणा गरेको जानकारी दिनुभएको छ ।  प्रतिनिधिसभाको आजको बैठकमा‘आर्थिक वर्ष २०८१र ८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि’सांसदहरुले उठाउनु भएको जिज्ञासाको जवाफमा उहाँले नयाँ बजेट गठबन्धन सरकारको साझा कार्यक्रमलाई कार्यान्वयन गर्न ल्याइएको, बजेट पूर्व अन्तर मन्त्रालयसँगको छलफल गरिएको , निजी क्षेत्रको सुझाव र सरोकारलाई सम्बोधन गरिएको छ भन्नुभयो । 

    शेयर बजार : नेप्से परिसूचक ५.५८  अंकले घटेर  २०८५.३० विन्दुमा ,३ अर्ब ९९ करोड रुपैयाँ भन्दा बढीको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक ५.५८  अंकले घटेर  २०८५.३० विन्दुमा आएको छ ।आज  ३ अर्ब ९९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये ४ वटा समूहका सूचक सकारात्मक बनेका छन् । म्युचुअल फन्ड समूहमा सबैभन्दा बढी तेजी आएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । 

    यस दिन ३०६ कम्पनीको ८० लाख ४२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १९ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलमपेन्ट कम्पनी अग्रस्थानमा रहेको छ । आज दोस्रोमा सीइडीबी हाइड्रोपावर र तेस्रो स्थानमा सानिमा माई हाइड्रोापावर परेका छन् ।

    कुमारी बैंकको संस्थापक सेयर बिक्री खुला

    काठमाडौ । कुमारी बैंकले संस्थापक सेयरधनी निभा सैंजुको नाममा रहेको १६ हजार ८३० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज बाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनु पर्नेछ ।

    हिमालयन लघुवित्तको सेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त

    काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारको काम हिमालयन क्यापिटल मार्फत हुने भएको छ । यस संस्थाको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब हिमालयन क्यापिटलले गर्नेछ । संस्थाले थप ३ वर्षका लागि यस क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

    आज महिला लघुवित्तको  संस्थापक सेयरमा लिलामी आवेदन दिने अन्तिम दिन

    काठमाडौं । महिला लघुवित्तको १ लाख ९९ हजार ४७२ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यस लिलामी सेयरमा कम्पनीकै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । 

    यसमा न्यूनतम ९०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

    प्रि ओपन सेसन : नेप्से सूचक २.४३ विन्दुले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.४३ विन्दुले बढेको छ । यससँगै सूचक २०८७.७३ अंकमा आएको छ । १० लाख ४४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५७ कम्पनीको २ हजार २ सय ३७ कित्ता सेयर कारोबार भएको छ ।

    सुनको मूल्य तोलामा पाँच सयले घट्यो  , प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ

    काठमाडौ ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले घटेर १ लाख ४२ हजार २०० रुपैयाँ कायम भएको छ ।आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४१ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले घटेर १८ सय २५ रुपैयाँ कायम भएको छ ।

    एमालेलाई निर्णायक शक्ति बनाउन जरुरी छ : उपाध्यक्ष पौडेल

    लुम्बिनी ।नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मुलुकको विद्यमान सङ्कट समाधान र जनआकाङ्क्षा सम्बोधनका लागि एमालेलाई निर्णायक शक्तिका रुपमा स्थापित गर्न जरुरी रहेको बताउनुभएको छ ।

    नेकपा एमाले रुपन्देहीको दशौँ जिल्ला अधिवेशनको आज भैरहवामा उद्घाटन गर्दै नेता पौडेलले एमालेले नेतृत्व गरेमा मुलुकको कायापलट हुने बताउनुभएको हो । “संविधानले प्रदान गरेको अधिकार नागरिकले कहिले उपभोग गर्न पाउँछन् रु आजको अहम प्रश्न यही हो जिम्मेवारी पनि यही हो”, उहाँले भन्नुभयो, “एमालेले नेतृत्व गर्न नपाएका कारण मुलुकपछि परेको छ ।”

    सफा हिमाल अभियान : पाँच वर्षमा एक सय आठ मेट्रिकटन फोहर र १२ शव झिकियो

    काठमाडौँ ।नेपाली सेनाको अगुवाइमा सञ्चालित ‘सफा हिमाल अभियान’बाट पाँच वर्षको अवधिमा सर्वोच्च शिखर सगरमाथासहित प्रमुख हिमालबाट १२ शव र एक सय आठ मेट्रिकटन फोहर सङ्कलन गरिएको छ । नेपालमा रहेका हिमालको स्वच्छता कायम राख्ने उद्देश्यले सन् २०१९ देखि सुरु भएको अभियानका क्रममा हालसम्म चारवटा अस्थिरपञ्जर सङ्कलन गरिएको सेनाले जनाएको छ ।  

     

    सन् २०२४ मा सञ्चालित अभियानअन्तर्गत विभिन्न हिमालबाट ११ मेट्रिकटन फोहर, चारवटा शव तथा एउटा अस्थिरपञ्जर सङ्कलन तथा व्यवस्थापन गरिएको छ । सगरमाथा, ल्होत्से र नुप्से हिमालका विभिन्न स्थानबाट दुई हजार दुई सय २६ किलो कुहिने र आठ हजार सात सय ७४ किलो नकुहिने गरी कूल ११ हजार किलोग्राम फोहर सङ्कलन गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी सञ्जय देउजाले जानकारी दिनुभयो ।

    खाद्यवस्तु गहुँ आयातमा अग्रिम आयकरको प्रावधानले स्वदेशी उद्योग बन्द हुने चिन्ता बारे सरकार बेखबर

    काठमाडौं । मैदा उद्योगले आयात गर्ने कच्चा पदार्थ गहुंमा लागेको २.५ ५ अग्रिम आयकर थेग्न नसक्ने हुंदा यसले स्वदेशी उद्योगलाई प्रत्यक्ष असर पर्ने चिन्ता व्यक्त गरिएको छ ।नेपाल मैदा उद्योग संघले यस्तो चिन्ता व्यक्त गरेको हो ।   

    नेपाल सरकारले आर्थिक बर्ष २०८१/०८२ को लागि ल्याएको बार्षिक बजेटका समग्र पक्ष स्वागतयोग्य भएपनि कच्चा पदार्थ गहुंमा आर्थिक विधेयक २०८१ बाट अग्रिम आयकर लागेको संघले जनाएको छ । गहुंबाट आंटा, सुजि, चक्की आंटा, चोकर जस्तो खाद्य बस्तु उत्पादन गर्ने उद्योगलाई यो अग्रिम आयकरको भारले प्रत्यक्ष मार पर्ने भएको छ । कृषिमा आधारित मैदा उद्योगलाई प्रत्यक्ष असर पर्ने भएकोेले मैदा उद्योगको कच्चा पदार्थ गहुंमा लागेको अग्रिम आयकर हटाउन संघको अनुरोध छ ।

    प्रधानमन्त्री मोदीले राष्ट्रपतिसमक्ष राजीनामा बुझाए, जुन ८ मा तेस्रो कार्यकालका लागि सपथ लिने

    काठमाडौँ ।प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय मन्त्रिपरिषद्ले बुधबार राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा बुझाएका छन् ।

    राष्ट्रपतिले राजीनामा स्वीकृत गरी नयाँ सरकार नबनेसम्म प्रधानमन्त्री र मन्त्रिपरिषद्लाई पदमा बहाल रहन अनुरोध गरेको राष्ट्रपति भवनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    लोकसभा चुनावले राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) लाई स्पष्ट बहुमत दिएपछि मोदीले शनिबार, जुन ड मा लगातार तेस्रो कार्यकालको लागि शपथ लिने सम्भावना छ। सोही दिन केन्द्रीय मन्त्रिपरिषद्को सपथ ग्रहण समारोह पनि हुने सम्भावना छ ।

    अष्ट्रेलियाली आर्थिक वृद्धिदर १.१ प्रतिशत

    क्यानबेरा । अष्ट्रेलियाको अर्थतन्त्र सन् २०२४ को पहिलो तीन महिनामा ०।१ प्रतिशतले वृद्धि भएको छ ।

    अस्ट्रेलियाली तथ्याङ्क विभाग (एबीएस) ले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार जनवरीको सुरुदेखि मार्चको अन्त्यसम्म अस्ट्रेलियाको कुल गार्हस्थ उत्पादन (जीडीपी) ०.१ प्रतिशत र मार्चको अन्त्यसम्म १२ महिनामा १.१ प्रतिशतले बढेको छ ।

    यो डिसेम्बर २०२० मा समाप्त १२ महिनाको अवधिपछि वार्षिक वृद्धिको सबैभन्दा सुस्त दर हो ।

    तुलनात्मक रूपमा, अष्ट्रेलियाको कुल गार्हस्थ उत्पादनको अन्तिम तीन महिनामा ०.२ प्रतिशत र डिसेम्बर २०२३ मा १.५ प्रतिशतले बढेको छ ।

    नागरिकले २४ सै घण्टा टेलिफोन गरेर विपदकाबारेमा जानकारी लिन सक्ने

    काठमाडौँ । सरकारले मनसुन तथा विपदजन्य जोखिमका बारेमा जानकारी दिनका लागि पैसा नलाग्ने टेलिफोन सञ्चालनमा ल्याएको छ । ११४९ नम्बरमा आम नागरिकले २४ सै घण्टा टेलिफोन गरेर विपदकाबारेमा जानकारी लिन सक्ने बन्दोबस्ती गरिएको उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले जानकारी दिनुभयो । 

    सङ्घीय संसद्मा विपद् तथा मनसुनजन्य अवस्थाबाट सिर्जना हुने जोखिम न्यूनीकरणको तयारी एवम् प्रतिकार्यका बारेमा जानकारी दिँदै उहाँले जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा औसत भन्दा बढी वर्षा हुने प्रक्षेपण गरेकाले पूर्व तयारीलाई विशेष ध्यान दिइएको बताउनुभयो । उहाँले मनसुनजन्य विपद्बाट जोगिनका लागि सरकारले विशेष ध्यान दिएको, नीतिगत एवम् कानुनी सुधार गर्नुपर्ने पाटा र पक्षको पहिचान गरिएको, सरकारी एवम् गैरसरकारी संस्थाको परिचालनलाई पनि उत्तिकै महत्वका साथ ध्यान दिएको उल्लेख गर्नुभयो ।

    डोटीमा जिप दुर्घटनाः दुईजनाको मृत्यु, सात घाइते

    डोटी। दार्चुलाबाट धनगढीतर्फ गइरहेको यात्रुवाहक जिप डोटीको जोरायल गाउँपालिका–१ खडिनामा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने अन्य सातजना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार आज बिहान भएको दुर्घटनामा दार्चुलाको लेकम गाउँपालिका–४ पैतोलीकी ४० वर्षीया धौलीदेवी धामीको घटनास्थलमै र सोही वडाकी तीन वर्षीया बालिका रीतिका पार्कीको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्यको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । उक्त जिपमा चालकसहित नौजना सवार थिए ।

     

     

     
     
     
     
     
     
     
     
     
     
     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस