Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

हुरीले पोल ढालेपछि वीरगञ्जमा बिजुली आपूर्ति अवरुद्ध


नया सडक

२०८१, जेठ २४ बिहीबार

  • 642
    Shares

  • हुरीले पोल ढालेपछि वीरगञ्जमा बिजुली आपूर्ति अवरुद्ध

    वीरगञ्ज । बिजुलीका पोल बिहीबार  रातिको  हुरीले ढाल्दा वीरगञ्ज र आसपास क्षेत्रमा नौ घन्टादेखि विद्युत् आपूर्ति बन्द भएको छ । गर्मीको यो याममा बिजुली  नहुँदा यहाँको जनजीवन नराम्ररी प्रभावित भएको छ । 

    बिहीबार एक बजेतिरको हुरीले ढालेका पोल उठाउन युद्धस्तरमा काम भइरहेको बताउँदै नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुबेले आज अपराह्नसम्ममा बिजुली आपूर्ति हुने जानकारी दिनुभयो । वीरगञ्ज र आसपासका क्षेत्रमा ५६ हजार बिजुलीका ग्राहक छन् । अहिले यहाँ वर्षा भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस