Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

मोदीको शपथ ग्रहण समारोहमा जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड


नया सडक

२०८१, जेठ २४ बिहीबार

  • 453
    Shares

  • मोदीको शपथ ग्रहण समारोहमा जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नरेन्द्र मोदीले प्रधानमन्त्रीको रुपमा तेस्रो पटक लिने शपथग्रहण समारोह सहभागी हुन जाने तयारी गरेका छन् ।

    नरेन्द्र मोदीले आफ्नो तेस्रो कार्यकालको शपथग्रहण समारोहमा सहभागी हुन निमन्त्रणा पठाएका छन् ।

    मोदीले बुधबार नै प्रचण्डसँग कुराकानी गरेको उल्लेख गर्दै नेपाल भारको साझेदारीलाई झन् बलियो बनाउने सामाजिक सञ्जालमा उल्लेख गरेका थिए । भारतीय मिडियाहरुले जुन ८ मा मोदीले शपथ लिने तयारी गरेका छन् ।समाचार एजेन्सी पीटीआईका अनुसार यस समारोहका लागि मोदीले नेपालसहितका छिमेकी देशका नेताहरूलाई निमन्त्रणा पठाएका छन् । जसमा श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मोरिसस र भुटानका नेताहरुलाई निमन्त्रणा पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस