Logo

Nov 24 2024 | २०८१, मंसिर ९गते

images

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समिट अफ द फ्युचर’ विषयक सम्मेलनमा सहभागिताका लागि निमन्त्रणा


नया सडक

२०८१, जेठ २४ बिहीबार

  • 585
    Shares

  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई  समिट अफ द फ्युचर’ विषयक सम्मेलनमा सहभागिताका लागि निमन्त्रणा

    काठमाडौं । ‘समिट अफ द फ्युचर’ विषयक सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निमन्त्रणा गरिएको छ ।  संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेसले आउँदो सेप्टेम्बरमा आयोजना हुने समिट अफ द फ्युचर’ विषयक सम्मेलनमा सहभागिताका लागि यो निमन्त्रण गरेका हुन् ।

    नेपालस्थित संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि हाना सिङ्गरले प्रधानमन्त्री प्रचण्डलाई भेट गरी आज महासचिव गुटेरेसको निमन्त्रणा पत्र हस्तान्तरण गरिन् ।

    प्रधानमन्त्री प्रचण्डले राष्ट्रसंघका महासचिवले नेपालको भ्रमण गरी यहाँको सरोकार र चासोलाई अन्तर्राष्ट्रियकरण गरेको आभार व्यक्त गरे । उनले राष्ट्रसंघले आयोजना गरेको सम्मेलनमा भाग लिन आफू सकारात्मक रहेको बताए ।

    राष्ट्रसंघका आवासीय प्रतिनिधि सिङ्गरले संयुक्त राष्ट्रसंघको विश्वशान्ति अभियानमा नेपालले महत्त्वपूर्ण सहयोग गर्दै आएको उल्लेख गर्दै पछिल्लो समय जलवायु परिवर्तनमा नेपालले निर्वाह गरेको भूमिकाका लागि पनि नेपालले समिटमा भाग दिनुपर्ने बताइन् ।

    संयुक्त राष्ट्रसंघको आयोजनामा  जलवायु परिवर्तन लगायतका समकालीन चुनौतिका साथै दीगो विकास लक्ष्य प्राप्ति लगायतका विषयमा छलफल गर्नका लागि आगामी सेप्टेम्बर २२ र २३ मा न्युयोर्कमा ‘समिट अफ द फ्युचर’ हुन लागेको हो ।

    प्रतिक्रिया दिनुहोस