Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

संघीयता बलियो  बनाउन सबैले सकारात्मक पहल लिन  जरुरी भएको प्रधानमन्त्री प्रचण्डको भनाइ


नया सडक

२०८१, जेठ २५ शुक्रबार

  • 339
    Shares

  • संघीयता बलियो  बनाउन सबैले सकारात्मक पहल लिन  जरुरी भएको  प्रधानमन्त्री प्रचण्डको भनाइ

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  संघीयता बलियो  बनाउन सबैले सकारात्मक पहल लिन  जरुरी भएको बताएका हुन् ।

    शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले   यस्तो बताए । संघीय लोकतान्त्रिक गणतन्त्रप्रति अनास्था फैलाउने कोशिस भइरहेकाले सेवा प्रवाहमा सुधार ल्याउँदै तीनवटै  तहका सरकारलाई बलियो बनाउनुपर्ने उनले  बताए ।

    प्रधानमन्त्री प्रचण्डले संघीय निजामती सेवा ऐन र प्रहरी समायोजनको काम छिटो निष्कर्षमा पुर्‍याउन आफूले पहल गरिरहेको जानकारी पनि गराए । यी सम्पन्न गरी कार्यान्वयन भएपछि संघीयतामा प्रश्न उठाउनेहरु कमजोर हुने उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस