Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रधानमन्त्री प्रचण्ड दुई दिने भ्रमणका लागि भारत प्रस्थान


नया सडक

२०८१, जेठ २७ आइतबार

  • 543
    Shares

  • प्रधानमन्त्री  प्रचण्ड दुई दिने भ्रमणका लागि भारत प्रस्थान

    काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् ।भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार दिउँसो नयाँदिल्लीका लागि उडेका हुन् ।

    भारतीय प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ ६ बजे शपथ लिँदैछन् । सो शपथ ग्रहणमा प्रधानमन्त्री प्रचण्डलाई निम्तो गरिएकोमा सो प्रस्ताव मन्त्रिपरिषद्को बैठकबाट अनुमोदन भएपछि उनको यो भारत भ्रमण हुन लागेको हो ।

    भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहालसँग आजै साँझ भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस