Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

रास्वपाले असार ७ गते चियापान गर्ने


नया सडक

२०८१, जेठ २७ आइतबार

  • 426
    Shares

  • रास्वपाले असार ७ गते चियापान गर्ने

     

    काठमाडौँ । cले दोस्रो स्थापना दिवसका अवसरमा वनस्थलीस्थित केन्द्रीय कार्यालयमा आगामी असार ७ गते चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । 

     

         सो पार्टीको आजको केन्द्रीय सचिवालय बैठकले स्थापना दिवसका अवसरमा आगामी असार १ देखि असार ७ गतेसम्म वडादेखि केन्द्रसम्म विभिन्न कार्यक्रम आयोजना गरी मनाउने पनि निर्णय गरेको सहमहामन्त्री एवं सङ्गठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो । 

     

    “स्थापना दिवसका अवसरमा असार  १  गतेदेखि हालै निर्माण सम्पन्न भएका र निर्माणाधिन भौतिक पूर्वाधारका योजनाको अनुगमनका साथै रक्तदान, सरसफाई, वृक्षरोपण र मैत्रीपूर्ण खेलकुद जस्ता कार्यक्रम आयोजना गर्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो । 

     

    सहमहामन्त्री बुर्लाकोटीले पार्टीका प्रदेश, जिल्ला, पालिका र वडा कार्यालयहरुमा विभिन्न कार्यक्रमहरु गरी स्थापना दिवस मनाउन अनुरोध गरिएको बताउनुभयो ।रासस

     

    प्रतिक्रिया दिनुहोस