Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

राष्ट्रपतिद्वारा दुई देशमा गैरआवासीय राजदूत नियुक्त


नया सडक

२०८१, जेठ २८ सोमबार

  • 588
    Shares

  • राष्ट्रपतिद्वारा दुई देशमा गैरआवासीय राजदूत नियुक्त

    काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा स्विट्जरल्यान्डका लागि नेपालको आवासीय राजदूत रामप्रसाद सुवेदीलाई आज सान मारिनोका लागि समेत गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।
     
     यसैगरी, राष्ट्रपति पौडेलले आजै संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापालाई गणतन्त्र निकारागुवाका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
     
     राष्ट्रपति पौडेलले उहाँहरुलाई नेपालको संविधानको धारा, २८२ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस