Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

लक्ष्मी सन्‌राइज बैंकले मनायो विश्व वातावरण दिवस२०२४


नया सडक

२०८१, जेठ २८ सोमबार

  • 462
    Shares

  • लक्ष्मी सन्‌राइज बैंकले मनायो विश्व वातावरण दिवस२०२४

    काठमाडौै ।लक्ष्मी सन्‌राइज बैंकले ‘प्रोजेक्ट 5K’ परियोजनाका साथ विश्व वातावरणदिवस २०२४ मनाएको छ। सोपहलमार्फत बैंकले यस वर्षको विश्व वातावरण दिवसको "Our Land, Our Future. We are #GenerationRestoration" भन्ने नारालाई आत्मसात गर्दै देशभर ५,०००रुख रोप्ने लक्ष्य राखेको थियो।

    जुन१देखी८सम्मको सप्ताहभर बैंकलेआफ्ना विभिन्न शाखाहरूमार्फत स्थानीय समुदाय तथा संस्थाहरूसँगकॊ सहकार्यमा करिब६,०००रूखहरू रॊपेकॊ छ। यो देशव्यापी वृक्षरोपण विभिन्न विद्यालय, सामुदायिक वन, संरक्षणक्षेत्र, अस्पताल, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको ब्यारेक, मन्दिर र सार्वजनिक स्थानहरूमा गरिएको थियो।

    प्रोजेक्ट 5K सँगै लक्ष्मी सन्‌राइज बैंकले सोही दिवसमा आफ्नो एभाॊडेडइमिसन रिपोर्ट (Avoided Emission Report) पनि सार्वजनिक गरेको थियो । यस प्रतिवेदनले नवीकरणीय ऊर्जा - विशेषगरी जलविद्युतमा गरिएको लगानीबाट पर्न जाने वातावरणीय प्रभावको विस्तृत परिमाणीकरण गर्दछ।यसक्षेत्रमा गरिएको लगानीमार्फत बैंकले कुल २५,१३४.१८ tCO2e कार्बनउत्सर्जन हुनबाट जोगाएको छ।

    यो प्रतिवेदन बैंकको कार्बन एकाउन्टिङफाइनान्सियल (PCAF) रिपोर्टकै निरन्तरता पनि हो।लक्ष्मी सन्‌राइज बैंक २०२१देखी कार्बन एकाउन्टिङ फाइनान्सियल पार्टनरसिप (Partnership for Carbon Accounting Financials - PCAF) मा संलग्नरहेको छ।

    यस्तै विभिन्न वातावरणमैत्री पहलहरु अघि बढाउँदै लक्ष्मी सन्‌राइज बैंकले आफ्नो #Green र #Responsible मूल्यहरु आत्मसात गर्दै "Orange Loves Green" नारालाई मूर्तरूप दिएको छ।वातावरण संरक्षणमा बैंकले गर्दै आएका विभिन्न पहलहरु मध्य एक रहेको प्रोजेक्ट 5Kले बैंकको दिगो वातावरण निर्माण गर्ने लक्ष्यमा टेवा पुर्याउने कुरामा बैंक विश्वस्त छ।

     

    प्रतिक्रिया दिनुहोस