काठमाडौं । आज नेप्से परिसूचक ३३।१५ अंकले बढेर २११५।२४ विन्दुमा आएको छ ।आज ५ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचकमा हरियाली छाएको छ । ५ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
यस दिन ३११ कम्पनीको १ करोड २६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३६ करोड ३० लाखभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः माउन्टेन इनर्जी र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था अग्रस्थानमा रहेका छन् ।