Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नेपाल विद्युत प्राधिकरणको अन्तर्राष्ट्रिय डाटा सेन्टर सञ्चालनमा


नया सडक

२०८१, जेठ ३० बुधबार

  • 405
    Shares

  • नेपाल विद्युत प्राधिकरणको अन्तर्राष्ट्रिय डाटा सेन्टर सञ्चालनमा

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक डाटा सेन्टर सञ्चालन गरेको छ ।प्राधिकरणले भविष्यमा व्यावसायिक कम्पनीलाई समेत सेवा उपलब्ध गराउने गरी काठमाडौं स्युचाटारस्थित भार प्रेषण केन्द्रसँगै अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको डाटा सेन्टर सञ्चालन गरेको हो ।

    प्रि फेब्रिकेटेड कन्टेनर’ प्रयोग गरी तयार गरिएको तीन तलाको भवनको भुइँ तलामा काठमाडौं उपत्यकाको भूमिगत विद्युत् वितरण प्रणाली अनुगमन, नियमन तथा नियन्त्रण र सुरक्षा सञ्चालन कक्ष व्यवस्थित गरिएको छ । पहिलो तलामा कार्यालय तथा नेटवर्क सञ्चालन कक्ष र सबैभन्दा माथिल्लो तलामा डाटा सेन्टर छ ।

    डाटा सेन्टरका लागि तोकिएको ‘टियर ३’ अन्तर्राष्ट्रिय मापदण्ड पालना गरी डाटा सेन्टर बनाइएको छ । सेवा प्रवाह डिजिटल तथा आधुनिक बनाउने उद्देश्य पूरा गर्न ‘डिजिटल एनईए’ कार्यक्रम अन्तर्गत निर्मित प्राधिकरणको यो मोडेलको डाटा सेन्टर नेपालमै पहिलो हो ।

    डाटा सेन्टरमा प्राधिकरणका सूचना प्रविधिसँग सम्बन्धित सर्भर लगायत डाटा एकीकृत भण्डार गरी क्रमशः राखिने बताइएको छ ।प्राधिकरणले अब डाटा भण्डारणका लागि आफ्नो छुट्टै प्राइभेट क्लाउड बनाउन लागिरहेको जानकारी सार्वजनिक गरेको छ ।डाटा सुरक्षाका लागि नवलपरासी सुनवलस्थित नयाँ बुटवल सबस्टेसनमा विपद् रिकभरी सेन्टर निर्माण गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।
    सञ्चालनमा ल्याइएको नयाँ डाटा सेन्टरमा ४० वटा सूचना प्रविधि ¥याक राखिएको छ ।

    जसमा ३६ वटा सर्भर र ४ वटा नेटवर्क ¥याक छन् । टियर ३ मापदण्ड अनुरुप तोकिएका सर्त पूरा गर्न आवश्यक व्याकअप सहित अविच्छिन्न विद्युत् आपूर्ति (ऐन प्लस वान पावर सप्लाई), चिस्यान (कुलिङ), स्वचालित अग्नि नियन्त्रण, सीसीटीभी निगरानी, सञ्चालन तथा सुरक्षाको अनवरत निगरानी लगायतका कार्य पूरा गर्न व्यवस्था गरिएको छ । अविछिन्न विद्युत् आपूर्तिका लागि बहुवैकल्पिक व्यवस्था गरिएको छ ।


    केन्द्रबाटै ११ केभीभन्दा मुनिको ग्राहकका घरसम्म पुग्ने विद्युत् वितरण प्रणाली व्यवस्थापन, अनुगमन र नियन्त्रण गर्न सकिने छ । डाटा सेन्टर परिसरमा तीन वटा विद्युतीय गाडी एकैपल्ट चार्ज गर्न मिल्ने गरी चार्जिङ स्टेसन पनि सञ्चालनमा ल्याइएको छ ।

    केन्द्र निर्माणका लागि चिनियाँ कम्पनी यानताई डोङफाङ विज्डम इलेक्ट्रिक कम्पनी लिमिटेडसँग जुलाई २०२१ मा ठेक्का सम्झौता भई सोही वर्ष नोभेम्बरबाट काम सुरु भएको थियो ।सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण गरिएको सेन्टरको अनुमानित लागत करिब १ अर्ब ४० करोड रुपैयाँ छ ।

    प्रतिक्रिया दिनुहोस