Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

यो आवको १० महिनामा अधिकांश वाणिज्य बैंकले गत वर्षको तुलनामा नाफा गुमाए


नया सडक

२०८१, जेठ ३० बुधबार

  • 600
    Shares

  • यो आवको १० महिनामा अधिकांश वाणिज्य बैंकले गत वर्षको तुलनामा नाफा गुमाए

    काठमाडौं। वाणिज्य बैंकहरुको खुद नाफामा ठुलै गिरावट आएको छ । बैंकहरुको नाफा १५ प्रतिशतले घटेको पाइएको हो । 
    १४ बैंकहरूको नाफा खुम्चिरहँदा ६ वटाको नाफा विस्तार भएको छ ।वाणिज्य वैंकहरूको नाफामा बढ्दो लागत र खराब कर्जाका कारण  गिरावट आएको औँल्याइएको छ ।

    चालु आर्थिक वर्ष (आव)को १० महिनामा वाणिज्य बैंकहरुले ४८ अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएका छन्। गत वर्ष सोही अवधिमा वाणिज्य बैंकहरुले ५७ अर्ब १६ करोड रुपैयाँ नाफा कमाएका थिए। गतवर्षको तुलनामा यो आवको १० महिनाको बैंकहरुले ८ अर्ब ५६ करोड रुपैयाँ नाफा गुमाए ।

    नबिल बैंकले सबैभन्दा बढी खुद नाफा कमाएको छ । नबिलको खुद नाफा ५ अर्ब ४६ करोड छ ।  नबिलले भने गतवर्षको तुलनामा यो नाफा १०.७५ प्रतिशत कम कमाएको हो । नबिलले गत आर्थिक वर्ष वैशाखसम्म ६ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।नबिलपछि दोस्रो बढी नाफा कमाउने ग्लोबल आइएमईले ४ अर्ब १२ करोड रुपैयाँ खुद नाफा गरेको छ। तर गतवर्षको तुलनामा ग्लोबल आइएमईले यो आवमा  २२.८१ प्रतिशत कम नाफा कमाएको हो।

    यसैगरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंक धेरै नाफा कमाउने  सूचीको तेस्रो नम्बरमा छ ।गत वर्षको तुलनामा ३.२४ प्रतिशतले कम नाफा कमाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यो आवमा ३ अर्ब ७७ करोड रुपैयाँ नाफा गरेको छ। गत आर्थिक वर्षको १० महिनामा खुद नाफा ४ अर्ब नघाएका वाणिज्य बैंकहरू एनआईसी एसिया र राष्ट्रिय वाणिज्य बैंकले यो आवमा धेरै प्रतिशत नाफा गुमाएका छन् । एनआईसी एसियाको खुद नाफा २ अर्ब १६ करोड र राष्ट्रिय वाणिज्य बैंकको २ अर्ब ५६ करोड रुपैयाँमा सीमित भयो ।यो आवमा एनआईसी एसियाको खुद नाफा ५०.७५ र राष्ट्रिय वाणिज्य बैंकको ३६.७९ प्रतिशतले घटेको छ । 

    सबैभन्दा कम खुद नाफा कमाउनेको सूचीमा नेपाल बैंक रहेको छ । उसले ५९ करोड रुपैयाँमा चित्त बुझाउनु परेको छ। नेपाल बैंकको खुद नाफामा ७६ प्रतिशतले गिरावट आएको छ। उसले गत आर्थिक वर्ष वैशाखसम्म २ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा गरेको थियो।यो आवमा प्राइम कमर्सियल, एभरेष्ट, प्रभु, सिटिजन्स, कृषि विकास र सिद्धार्थ बैंक नाफा बढाउन सफल भए । 
    कृषि विकास बैंकले खुद नाफा सबैभन्दा धेरै १२०.६५ प्रतिशतले बढेर २ अर्ब ६९ करोड रुपैयाँ पुग्यो । गत आवमा  १ अर्ब २२ करोड रुपैयाँ मात्र नाफा कमाएको थियो ।

    प्राइम कमर्सियलले खुद नाफा १५.२२ प्रतिशतले बढाएर ३ अर्ब २२ करोड रुपैयाँ पु¥यायो । ८.०४ प्रतिशतले खुद नाफा बढाएर एभरेष्ट बैंकले यो आवमा २ अर्ब ९८ करोड रुपैयाँ कमायो ।सबैभन्दा कम नाफा बढाउने सूचीमा सिटिजन्स बैंक छ। उसले खुद नाफा ५.१० प्रतिशतले बढाएर १ अर्ब ५० करोड पु¥यायो ।

     

    प्रतिक्रिया दिनुहोस