काठमाडौं । आज नेप्से परिसूचक ६.३७ अंकले बढेर २१२१.६२ विन्दुमा आएको छ । ।आज ५ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।यस दिन ३१२ कम्पनीको १ करोड २९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २७ करोड ६३ लाखभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र ग्रीन लाइफ हाइड्रोपावर अग्रस्थानमा रहेका छन् ।