काठमाडौंं । केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज पनि अर्बौँ तरलता सोसिरहेको छ । बैंकिङ प्रणालीमा तरलता बढी भएपछि हिजो ३५ अर्ब रुपैयाँ बराबरको तरलता सोसेको राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ तान्न लागेको हो ।
आज निक्षप संकलन उपकरण मार्फत १४ दिनका लागि ३० अर्ब रुपैयाँ खिच्न लागेको हो।यसका लागि आज शुक्रबार मध्याह्न १२ बजेसम्म बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आह्वान गरेको छ । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले निशेष भाग जाने गरि बोलकबोल गर्न सकिने राष्ट्र बैंकको जनाएको छ।