Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले बुक विल्डिङ विधिमार्फत आईपीओ जारी गर्ने


नया सडक

२०८१, जेठ ३२ शुक्रबार

  • 459
    Shares

  • हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले बुक विल्डिङ विधिमार्फत आईपीओ जारी गर्ने

    काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले बुक विल्डिङ विधिमार्फत आईपीओ जारी गर्ने भएको छ । कम्पनीले नयाँ संस्थापकहरूमा एफपीओ निष्कासनपछि सर्वसाधारणमा प्रिमियम मूल्य वा बुक विल्डिङ विधिमार्फत आईपीओ निष्कासन गर्ने भएको हो ।

    यी प्रस्ताव पारितका लागि कम्पनीले असार १६ गते विशेष साधारण सभा बोलाएको छ । जेठ २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौंको टेकुस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव पनि पारित गर्ने बताइएको छ ।

    पूँजी वृद्धि हुने भएकाले सोहीबमोजिम प्रबन्धपत्रमा आवश्यक संशोधन प्रस्तावलाई समेत सभाले पारित गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस