Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

बक्र ईदका अवसरमा असार ३ गते सार्वजनिक बिदा , बैंक तथा वित्तीय संस्था बन्द हुने


नया सडक

२०८१, जेठ ३२ शुक्रबार

  • 507
    Shares

  • बक्र ईदका अवसरमा असार ३ गते सार्वजनिक बिदा , बैंक तथा वित्तीय संस्था  बन्द हुने

    काठमाडौँ ।  सरकारले आगामी असार ३ गते सोमबार परेको इस्लाम धर्मालम्बीहरुको पर्व बक्र ईद(उल–अजहा)का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

         गृह मन्त्रालयले आज सूचना जारी गरी बक्र ईदका अवसरमा बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको उक्त सूचनामा गत माघ २९ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार उक्त पर्वका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख छ ।सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । 


    प्रतिक्रिया दिनुहोस