Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ ३२ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू.....


नया सडक

२०८१, जेठ ३२ शुक्रबार

  • 642
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ ३२ शुक्रबारका मुख्यमुख्य आर्थिक समाचारहरू.....

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज  जेठ ३२ शुक्रबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू......

    बक्र ईदका अवसरमा असार ३ गते सार्वजनिक बिदा , बैंक तथा वित्तीय संस्था बन्द हुने

    काठमाडौँ ।  सरकारले आगामी असार ३ गते सोमबार परेको इस्लाम धर्मालम्बीहरुको पर्व बक्र ईद(उल–अजहा)का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

         गृह मन्त्रालयले आज सूचना जारी गरी बक्र ईदका अवसरमा बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको उक्त सूचनामा गत माघ २९ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार उक्त पर्वका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख छ ।सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।

    प्रधानमन्त्री दाहालद्वारा हेटौँडा सबस्टेसन उद्घाटन , ४ हजार मेगावाट बिजुली प्रवाह हुने

    काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको हेटौँडा सबस्टेसन उद्घाटन गर्नुभएको छ । नेपाल विद्युत् प्राधिकरणले आज हेटौँडामा आयोजना गरेको कार्यक्रममा उहाँले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभ¥याङमा निर्मित सो सबस्टेसनको उद्घाटन गर्नुभएको हो ।

     

    ग्यास इन्सुलेटेड प्रणाली ९जिआइएस० प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो ४०० केभी हेटौँडा सबस्टेसन निर्माण सम्पन्न गरी गत शुक्रबारदेखि सञ्चालन ९चार्ज० मा ल्याइएको छ । यसैगरी नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट थानाभ¥याङमा नै २२० र १३२/११ केभी क्षमताका सबस्टेसन निर्माण सम्पन्न गरी गत शुक्रबारदेखि नै चार्ज गरिएका छन् ।

    हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले बुक विल्डिङ विधिमार्फत आईपीओ जारी गर्ने

    काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले बुक विल्डिङ विधिमार्फत आईपीओ जारी गर्ने भएको छ । कम्पनीले नयाँ संस्थापकहरूमा एफपीओ निष्कासनपछि सर्वसाधारणमा प्रिमियम मूल्य वा बुक विल्डिङ विधिमार्फत आईपीओ निष्कासन गर्ने भएको हो ।

    यी प्रस्ताव पारितका लागि कम्पनीले असार १६ गते विशेष साधारण सभा बोलाएको छ । जेठ २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौंको टेकुस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव पनि पारित गर्ने बताइएको छ ।

    ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने भाष्य गलत सावित भएको छ : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने नकारात्मक भाष्यले स्थान पाउन थालेको परिस्थितिमा ठूला पूर्वाधारको निर्माण सम्पन्न हुनुले देशमा आशाको सञ्चार प्रवाह गरेको बताउनुभएको छ ।

    हेटौँडा सबस्टेसन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उहाँले ठूला–ठूला पूर्वाधार निर्माण सम्पन्न हुनुले देशमा मौलाएको गलत भाष्य र चर्चालाई तथ्य र तथ्याङ्कसहित निस्तेज तुल्याएको छ भन्नुभयो । “तीन ठूला सबस्टेसन नेपालका नदी तथा खोलानालाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न, पूर्व–पश्चिम विद्युत् आपूर्ति गर्न र नेपाल र भारतबीचको द्विदेशीय विद्युत् व्यापारका लागि मात्र नभएर उपक्षेत्रीय तथा क्षेत्रीय विद्युत् व्यापारका लागि सबस्टेसन मेरुदण्ड ९ब्याकबोन० का रूपमा रहनेछन्”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “सबस्टेशन निर्माण सम्पन्न भएसँगै ऊर्जा क्षेत्रको विकास र मुलुकको समृद्धितर्फको यात्रामा अर्को एउटा खुड्किलो थपिएको छ ।”

    नागरिक लगानी कोषले १४ प्रतिशत बोनस सेयर दिने घोषणा

    काठमाडौ   नागरिक लगानी कोषले गत वर्षको नाफाबाट सेयरधनीलाई १४.७३६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कोषले १४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७३६ प्रतिशत नगद दिने निर्णय गरेको हो । यस कोषको जेठ ३२ गते शुक्रबार बसेको सञ्चालक समिति बैठकले लाभांश दिने निर्णय गरेको हो ।

    दोस्रो बजार भनेको के हो ? दोस्रो  बजारमा कसरी गर्ने सेयर कारोबार ?

    शेयर बजारलाई लगानी प्रकृतिका हिसाबले दुई वर्गमा विभाजन गर्न सकिन्छ । यसरी विभाजन गर्दा बजारलाई प्राथमिक बजार र दोस्रो बजारको रूपमा परिभाषित गरी विभाजन गर्ने गरिएको छ । प्राथमिक बजारमा कम्पनी, संगठित संस्था वा सरकारले धितोपत्र (शेयर, बन्ड तथा ऋणपत्र) जारी गरेर (बिक्री गरी) सर्वसाधारणबाट आवश्यक पूँजी संकलन गर्छन् । यस्तो निष्काशनमा सर्वसाधारणले कम्पनीको चुक्ता मूल्य वा त्यसमा केही प्रिमियम थप गरी लगानी गर्ने वा त्यस्तो निष्काशनमा आवेदन दिई सहभागी हुने गर्दछन् ।

    आन्दोलनरत रुवी खान नेतृत्वको समूहसँग वार्ता गर्न समिति गठन

    काठमाडौँ ।  गृह मन्त्रालयले आन्दोलनरत रुवी खान नेतृत्वको समूहसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

    उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि वार्ता समिति गठन गरिएको उहाँको सचिवालयले जनाएको छ । उपसचिव उमाकान्त अधिकारी, प्रहरी उपरीक्षक नीरञ्जनदत्त भट्ट र शाखा अधिकृत दिनेश न्यौपाने सदस्य रहने गरी समिति गठन गरिएको हो ।

    विश्वकप क्रिकेटः नेपालले दक्षिण अफ्रिकाको सामना गर्ने

    काठमाडौँ । अमेरिका र वेस्टइन्डिजमा जारी आइसिसी टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘डी’ अन्तर्गत नेपालले भोलि टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाको सामना गर्दैछ । 

     

    वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार बिहान ५ः१५ बजे सुरु हुनेछ । नेपालले दक्षिण अफ्रिकासँग सिनियर टोलीमा पहिलोपटक खेल्न लागेको हो । नेपाललाई विश्वकपको दोस्रो चरणमा पुग्नका लागि पनि दक्षिण अफ्रिकाविरुद्धको खेल जित्नै पर्ने बाध्यता छ । 

     

    विश्वकपमा दक्षिण अफ्रिका समूह ‘डी’बाट सुपर आठमा पुगिसकेको छ । दक्षिण अफ्रिकाले यसअघि खेलेको तीन खेलमा तीनैमा जित हात पारेको छ । दक्षिण अफ्रिकाले श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्डसलाई पराजित गर्दै एक खेल अगावै सुपर आठमा पुगेको हो ।

    काठमाडौँ महानगरले हाडीगाँउ र वसन्तपुरमा होमस्टे सञ्चालन गर्ने

    काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले हाँडीगाँउ र वसन्तपुर क्षेत्रमा होमस्टे सञ्चालन गर्ने भएको छ । नगरसभाको आज बैठकमा महानगर प्रमुख बालेन शाहले आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममा उक्त स्थानमा होमस्टे सञ्चालनका लागि प्रोत्साहनसहित आवश्यक परामर्श गर्ने नीति लिएको बताउनुभयो ।

     

    हाँडीगाउँलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लाग आवश्यक परामर्श गर्ने नीति समेत महानगरले लिएको छ । त्यस्तैगरी विश्व सम्पदा सूचीमा सूचीकृत  बौद्धनाथ र स्वयम्भुनाथलाई महानगरकै मातहतमा सञ्चालन र व्यवस्थाका लागि सम्बन्धित निकायसँग आवश्यक छलफल र परामर्श गर्ने नीति लिएको पनि उहाँले जानकारी गराउनुभयो ।   

    ‘ठूलो वर्षा भएमा मेलम्चीको खानेपानी बन्द गरिने’

    काठमाडौँ ।  मनसुन सुरु भएसँगै ठूलो वर्षा भएमा सरकारले मेलम्ची खानेपानी आयोजना बन्द गर्ने भएको छ । बिहीबारदेखि आयोजना बन्द गर्ने तयारी गरिएको भएपनि तत्काल मनसुन सक्रिय नहुँदा बन्द नगरिएको हो । 

     

    मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउन सरकारले वर्षा सुरु भएसँगै बन्द गर्ने र वर्षा अन्त्य भएसँगै खोल्ने गर्दै आइरहेको छ । जल तथा मौसम विज्ञान विभागले यो वर्ष औसतभन्दा बढी पानी पर्ने प्रक्षेपण गरेको छ । 

     

    मनसुन सुरु भए पनि मुलुकको पूर्वी क्षेत्रमा मात्रै सक्रिय भएको र अन्य भू(भागमा सक्रिय भएको छैन । मनसुन सक्रिय भएर मेलम्ची आयोजनामा ठूलो क्षति पुग्ने सम्भावना देखिएमा जुनसुकै समयमा बन्द गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताउनुभयो । “हिजो नै मेलम्ची खानेपानी आयोजना बन्द गर्ने तयारी थियो, तर वर्षा सुरु नभई किन बन्द गर्ने भनेर सुचारु गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “यदि अचानक ठूलो वर्षा हुने सम्भावना देखियो भने जुनसुकै समयमा बन्द गर्नेछौँ ।”

    उपत्यकामा भोलिदेखि मनसुन सक्रिय हुने

    काठमाडौँ ।  काठमाडौँ उपत्यकालगायत बागमती प्रदेशका केही स्थानमा शनिबारदेखि मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मुलुकको पूर्वी क्षेत्र कोशी प्रदेशमा मनसुन सक्रिय भई वर्षा सुरु भए पनि बाँकी भू(भागमा मनसुन सक्रिय हुन समय लागेको महाशाखाको भनाइ छ । 

     

    महाशाखाको मौसमविद् सरोज पुडासैनीले हाल देशको पूर्वी भू(भागमा मनसुनी प्रणालीको प्रभाव रहेको र बाँकी भू(भागमा स्थानीय र पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेकाले अन्य क्षेत्रमा मनसुन सक्रिय हुन नसकेको बताउनुभयो । “कोशी प्रदेशका अधिकांश क्षेत्रमा मनसुनको प्रभाव देखिएको छ, नेपालमा पूर्वी भागमा मनसुन सुरु भएको एक सातापछि पश्चिम भागमा भित्रिसक्नुपर्ने हो, तर भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभावलगायतका कारण पश्चिममा मनसुन सक्रिय हुन समय लागेको हो”, उहाँले भन्नुभयो ।

    निओ मनि ट्रान्सफर र ट्रान्स्फर रेपिडबीच सहकार्य

    काठमाडौ । रोमानियाबाट सहजै रेमिट्यान्स् पठाउन सकिने निओ मनि ट्रान्सफर र रोमानियाको ट्रान्स्फर रेपिडबीच सहकार्य भएको छ । सहकार्यसँगै अबदेखि रोमानियामा बसिरहनु भएका नेपाली दाजुभाई दिदी बहिनीहरुले आफ्ना प्रियजनहरूलाई सुरक्षित र सहज रुपमा पैसा पठाउन सक्नेछन् ।

    नयाँ सहकार्यबारे निओ मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत सागर खनालले बताए “हामी अब ट्रान्स्फर नरेपिडसंगै नयाँ साझेदारीको घोषणा गर्न पाउँदा निकै उत्साहित छौं । निओ मनि ट्रान्सफर पछिल्लो समय नेपालमा स्थापित एउटा छिटो, भरपर्दो र सुरक्षित मनिट्रान्सफर कम्पनी हो । वैदेशिक रोजगारीको खोजीमा रहेका नेपालीहरुको रोजाइको गन्तव्यमा अहिले रोमानिया निकै आकर्षक गन्तव्य हो । हाल रोमानियामा २२,००० भन्दा बढी नेपालीहरु काम गर्नका साथै बसोबास गरिरहेका छन् ।

    कोशी प्रदेश सरकारको बजेट सिलिङ रु ३५ अर्ब १७ करोड ३४ लाख

    मोरङ । कोशी प्रदेश योजना आयोगले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेश सरकारलाई रु ३५ अर्ब १७ करोड ३४ लाख बजेटको सिलिङ तोेकेको छ ।

     

    आयोगका उपाध्यक्ष डा राजेन्द्र अधिकारीले दोस्रो आवधिक योजनाअन्तर्गत पहिलो वर्षका लागि उक्त सिलिङ तोकिएको जानकारी दिनुभयो । उहाँले  गत वर्ष रु चार अर्ब ५८ करोड राजस्व सङ्कलन भएकामा यस वर्ष हालसम्म रु चार अर्ब ५७ लाख मात्र राजस्व सङ्कलन भएको बताउनुभयो ।

     

    उपाध्यक्ष अधिकारीले सरकारको आगामी आवको बजेटको प्राथमिकीकरणमा कृषि उत्पादन वृद्धि, पर्यटन प्रवद्र्धन, वैदेशिक रोजगारी निरुत्साहित, औद्योगिक उत्पादन वृद्धिका लागि लगानीको व्यवस्था, प्राविधिक शिक्षा, स्वास्थ्य उपचारलगायत रहेको जानकारी दिनुभयो । प्रदेश सरकारले भोलि असार १ गते प्रस्तुत गर्ने बजेटमा कृषि उत्पादन तथा उद्यमशीलताका लागि ब्याज अनुदान दिने र आधुनिक कृषि औजार खरिदमा ५० प्रतिशत अनुदान दिने व्यवस्था गरेको उहाँको भनाइ छ ।

    विपद्को पूर्व तयारी र राष्ट्रिय परिचयपत्र अनिवार्यबारे सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

    काठमाडौँ । प्रतिनिधिसभामा सांसदहरुले विपद्को पूर्व तयारी गर्न र सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको विषयमा स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

     

    प्रतिनिधिसभाकोे आजको बैठकको शून्य समयमा सांसद अच्युतप्रसाद मैनालीले बजेटले जनताले खुसीयाली मनाउने दिन नआएको जिकिर गर्दै सरकारले चामल, गहुँ, दाल, गेडागुडीलगायतमा लगाएको अग्रिम करका कारण बजारमा महँगी र कालाबजारी मौलाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    आइडाको बैठक असार ४ गतेदेखि काठमाडौँमा हुँदै , ९० देशका प्रतिनिधि आउने

    काठमाडौँ  । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्था ९आइडा० को बैठक आगामी असार पहिलो साता काठमाडौँमा आयोजना हुने भएको छ । आगामी असार ४ देखि ७ गते (जुन १८ देखि २१ तारिख) सम्म काठमाडौँमा आइडा–२१ के बैठक आयोजना हुन लागेको हो ।

     

    उक्त बैठकबारे जानकारी दिन आज अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थसचिव मधुकुमार मरासिनीले आइडा–२१ को बैठकले स्रोत परिचालनका लागि कस्तो नीति अवलम्बन गर्ने भन्ने मार्गदिशा तय गर्ने र नेपाललाई कूटनीतिक लाभसमेत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

    ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावा इनमा १५ प्रतिशत छुट

    काठमाडौं ।  ग्लोबल आइएमई बैंक लिमिटेड र होटेल आइकावा इन प्रा.लि.बिच बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई होटेल आइकावा इन प्रा.लि.का विभिन्न सेवामा विशेष छुट प्रदान गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी पत्रमा बैंकका बागमती प्रादेशिक कार्यालय प्रमुख रुपेन्द्र वाग्ले र होटेल आइकावा इन प्रा.लि.का अध्यक्ष घनश्याम शर्मा अर्यालले हस्ताक्षर गर्नुभएको छ ।

    समझदारी अनुसार बैंकको डेबिट, क्रेडिट कार्डबाहक तथा बैंकको मोबाइल बैंकिङ्ग ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरुले होटेल आइकावा इनले उपलब्ध गराउने सेवा तथा सुविधाहरुमा १० देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन । ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका छुट दिने योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

     

     
     
     
     

     

     
     
     

     

     

     

    प्रतिक्रिया दिनुहोस