Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  असार ४ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू......


नया सडक

२०८१, असार ४ मंगलबार

  • 462
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  असार ४ मंगलबारका मुख्यमुख्य आर्थिक समाचारहरू......

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असार ४ मंगलबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू..........

    सरकारले मापदण्डविपरित टुक्रे आयोजनामा बजेट बाँड्यो : पूर्वअर्थमन्त्री डा महत

    काठमाडौँ । पूर्वअर्थमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा मापदण्डविपरीत टुक्रे आयोजनामा समेत बजेट विनियोजन गरेको बताउनुभएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा डा महतले सरकारले बलमिच्याइँ गरेर जथाभावी बजेट बाँडेको तर अत्यावश्यक प्रकृतिका आयोजना भने प्राथमिकतामा पर्न नसकेको बताउनुभयो । बजेटमा टुक्रे आयोजना र प्राथमिकता पहिचानविना बजेट बाँडिएको बताउँदै डा महतले जथाभावी बजेट बाँड्ने प्रवृत्तिले स्रोत न्यून हुने अवस्थालाई थप मद्दत पु¥याएको बताउनुभयो ।

    शेयर बजार : नेप्से परिसूचक १८.७६ अंकले घटेर २०७६.४८९ विन्दुमा ,४ अर्बभन्दा बढीको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक १८.७६ अंकले घटेर २०७६.४८९ विन्दुमा आएको छ । ४ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।। यस दिन एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । 

    सूचीकृत सबै समूहका सूचक घटेका छन् । यस दिन कुल ३१८ कम्पनीको ९५ लाख ४४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ११ करोड २७ लाखभन्दा बढीसहित कारोबार रकममा बरुण हाइड्रोपावर अग्रस्थानमा रहेको छ ।आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी हाइड्रोपावर र एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलमपेन्ट कम्पनी परेका छन् ।

    आज कुमारी बैंकको ५ लाख ८१ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन

    काठमाडौं । कुमारी बैंकको ५ लाख ८१ हजार २५१ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । 

    यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बिक्री प्रबन्धक कुमारी क्यापिटल नागपोखरी, नक्साल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

    सूर्यज्योति लाइफ इन्सुरेन्सको ३ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला

    काठमाडौं । एनआइसी एसिया बैंकले आज मंगलबार देखि आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्सुरेन्सको संस्थापक समूहको सेयर लिलामी बिक्री खुला गरेको छ । यस बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योतिको ३ लाख कित्ता सेयर लिलामीमा ल्याएको हो । यसमा न्यूनतम २१० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

    बेष्ट फाइनान्सको साढे ३ लाख कित्ता सेयर लिलामी बिक्री खुला

    काठमाडौं । बेस्ट फाइनान्सको आजदेखि ३ लाख ५६ हजार ७४.५७ कित्ता सेयर लिलामी बिक्री खुला भएको छ । लगानीकर्ताले यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । कम्पनीले संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको हो । 

    आवेदकले न्यूनतम १००० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा अन्य व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले असार ११ गतेसम्म शिलबन्दी बोलपत्रमा आवेदन पेश गर्नुपर्नेछ ।

    ग्लोबल आइएमई बैंकको नयाँ एटीएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा

    काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा नयाँ एटिएम सञ्चालनमा ल्याएको छ । बैंकले अन्तर्राष्ट्रिय टर्मिनलको लगेज लिने ठाउँमा नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको हो । उक्त नयाँ एटीएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटीएम संख्या ३८४ पुगेको छ । यसैगरी, विमानस्थलकै आन्तरिक टर्मिनलमा रहेको एटीएम सेवालाई सेल्फी लिने स्थानमा स्थानान्तरण गरिएको छ । दुवै टर्मिनलमा रहेका एटीएम मेशिन २४ सै घण्टा सञ्चालनमा रहने छन् ।

    ठमेलको होटलमा भारतीय र पाकिस्तानी नागरिक सहयोग गर्छु भन्ने नेपालीबाट ठगिए

    काठमाडौं । सहयोग गर्छु भन्ने नेपाली नागरिकबाट भारतीय र पाकिस्तानी नागरिक र ठमेलको होटल व्यवसायी ठगिएका छन् । शुभम तिवारी नाम बताउने एक नेपाली नागरिकले ठमेलको योगमा होटलमा लगेर ठगेका हुन् ।

    तिवारीले सहयोग गर्छु भन्दै पाकिस्तानी नागरिक बकार मन्सुर र भारतीय नागरिक चेतन बर्मालाई ठमेलको होटल योगमा लगे । उनीहरूबाट होटलमा रकम बुझाउँछु भनी लिएको रकम होटलमा नतिरी तिवारी फरार भएका छन् ।

    तिवारीले ठमेलस्थित होटल एण्ड स्पाको १९ हजार २ सयको बिल, होटल योगको ७ हजारको बिल बनाई विनय नाम बताउने भारतीय नागरिक, पाकिस्तानी नागरिक बकार मन्सुर अर्का भारतीय चेतन बर्माबाट १४ हजार रुपैयाँ लिएको तर होटललाई समेत नतिरी ठगी गरेको आरोप छ ।

    विद्युतीकरणले महाभारत गाउँपालिकामा ल्याएको खुसी

    धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ का देव तामाङले मःम पसल सञ्चालन गर्दै आउनुभएको पाँच वर्ष भयो । वडा नं ५ को किल्लामा पसल सञ्चालन गर्दै आउनुभएका उहाँले गाउँमा विद्युत्को सुविधापछि आम्दानी पनि बढेको अनुभव सुनाउनुभयो । यसअघि सोलार प्रयोग गरी मःम बनाउने र विभिन्न सामान तयारी गर्दा घाम लाग्ने समयमा मात्रै मेसिन चल्दा कहिलेकाहीँ अप्ठ्यारो हुने भए पनि अहिले केन्द्रीय विद्युतीकरणको सेवा विस्तारले निकै सहज भएको उहाँको भनाइ छ । “अहिले बत्तीको उपभोग गर्न पाएपछि सामान तयार गर्न र फ्रिजमा राख्न सजिलो भएको छ”, उहाँले भन्नुभयो ।

    देशभर मनसुन सक्रिय आज चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने

    काठमाडौँ । देशभर मनसुन सक्रिय भएको छ । स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा  पूर्ण बदली तथा बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया मौसम सफा रहेको छ। कोशी, मधेस प्रदेश , बागमती र गण्डकी प्रदेशका केही  स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही  तथा मधेस प्रदेश लगायत बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    परिवर्तित मौसम अनुकूल हुने गरी कृषिको विकासमा जोड

    चितवन ।यहाँ आयोजित कार्यक्रममा सहभागी स्वदेशी तथा विदेशी विज्ञहरुले मौसम परिवर्तन  अनुकूल हुने गरी कृषिको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । 

    कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गतको अनुसन्धान प्रसार निर्देशनालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा वक्ताहरुले मौसम परिवर्तन कृषि क्षेत्रको विकासमा चुनौती रहेकोमा जोड दिनुभयो ।

    चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि समन्वय र सहकार्य आवश्यक छ : प्रधानमन्त्री दाहाल

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समसामयिक समस्या तथा चुनौतीहरूलाई आपसी समन्वय र सहकार्यमा समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ ।

     

    चिकित्सा शिक्षा आयोगको बैठकलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा चिकित्सा शिक्षामा पहुँच कायम गर्नका लागि तीनै तहका सरकार, चिकित्सा शिक्षा प्रदान गर्ने शैक्षिक संस्था र स्वास्थ्य क्षेत्रका सबै सरोकारवालाहरूबीच सहकार्य आवश्यक रहेको बताउनुभयो  । “मुलुकको वस्तुगत आवश्यकताका आधारमा गुणस्तरीय चिकित्सा सेवा उपलब्ध गराउनु राज्यको दायित्व हो । स्वास्थ्य क्षेत्रको गुणस्तर सुधार, विकास, विस्तार तथा नियमनमा आयोगबाट प्रभावकारी भूमिका निर्वाह हुनुपर्ने आवश्यकता छ । यस कार्यमा अरु सबै सरोकार भएकाहरुले पनि सहयोग तथा सहकार्यमा गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

    शिक्षामा दलीय राजनीति रोक्ने निर्णयबाट पछि हट्दिन : मन्त्री श्रेष्ठ

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई दलीय राजनीतिमुक्त बनाउने निर्णयबाट पछि नहट्ने बताउनुभएको छ ।मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिनमा प्राप्त उपलब्धि सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले दलीय स्तक्षेपले गुणस्तरीय शिक्षामा नकारात्मक प्रभाव पार्ने भएकाले आफूले गरेको निर्णय र प्रतिबद्धताबाट पछि नहट्ने स्पष्ट पार्नुभयो । उहाँले विश्वविद्यालयमा नियुक्ति गर्दा योग्यताक्रमलाई आधार मान्न थालिएको र आफ्नो निर्देशनपछि राजनीतिक दलको सदस्यता लिएका आठ सय २५ शिक्षकले सदस्यता त्यागेको जानकारी दिनुभयो ।

    रमेश अग्रवालद्वारा सञ्चालित मख्खनको ड्राइफ्रुट पसल र गोदाममा छापा

    काठमाडौं । राजस्व अनुसन्धान विभागसहितको टोलीले काठमाडौंको मख्खनस्थित सानो पशुपति मन्दिर पछाडि रहेको एक ड्राइफ्रुटको पसल र गोदाममा छापा हानेको छ ।

    रमेश अग्रवालले सञ्चालन गरेको ड्राइफ्रु, मसला, जिरा , धनिया, मेथीलगायतका विभिन्न वस्तुहरूको पसल र गोदाममा छापा परेको हो ।
    यसको विस्तृत विवरण भने यो समाचार तयार पार्दासम्म आउन सकेको छैन् ।

    कर छलीको आशंकामा राजस्व अनुसन्धान विभागद्वारा बीवाईडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकको कागजपत्र नियन्त्रणमा

    काठमाडौं । बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिका कागजपत्र राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको छ ।ठुलो मात्रामा कर छली गरेको आशंकामा विभागले अनुसन्धानका लागि कागजपत्र नियन्त्रणमा लिएको बताइएको छ ।

    चीनमा उत्पादन भई नेपालमा बिक्री वितरण हुँदै आएको बीवाईडी विद्युतीय गाडी नेपालमा अहिले अत्यधिक बिक्री भइरहेको छ ।नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंकले गाडी आयात र बिक्री वितरण गर्दा विभिन्न शीर्षकमा ठुलो परिमाणमा कर छलेको अनुमान गरिएको छ ।

    राजस्व अनुसन्धान कार्यालय पथलैयाका  अफिसर प्रमोदकुमार चौधरी बेलगाम,  छापा हान्दा दर्तै  नगरी अन्धाधुन्द असुली

    काठमाडौं । राजस्व अनुसन्धान कार्यालय पथलैयामा कार्यरत अफिसर   प्रमोदकुमार चौधरी बेलगाम भएका छन् । तीन पटक सरुवा हुँदा पनि दुई पटक सरुवा क्यान्सिल गराई पथलैयामा बस्न सफल चौधरीको केही दिन अगाडि तेस्रो पटक सरुवा भएको हो ।

    तेस्रो पटक सरुवा भएको भनिएपनि  चौधरीले अहिले पनि पथलैयामा बसेर नियमित काम कारबाही गरिरहेका छन् । सरुवा भएका चौधरीको हस्ताक्षरमा तयार पारिएका विभिन्न कागजातहरू राजस्व अनुसन्धान विभागमा  आएपछि विभागले त्यस्ता कागजपत्रहरूमाथि प्रश्न उठाएको छ ।

    विगत लामो समयदेखि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बसेर बेलगाम काम गर्दै आएका चौधरीले उद्योगी व्यवसायीहरूलाई अनावश्यक दुःख दिने र असुली गर्ने गरेको समाचार यस अघि नै नयाँ सडकले लेखिसकेको छ ।तीसवटा भन्दा बढी फाइलहरू चौधरीको अन्डरमा अहिले पनि छन् । ती फाइलहरूमा केही पुराना छन् भने केही नयाँ छन् । केही फाइलहरू चौधरीको व्यक्तिगत घर्रामा छन् । पुराना फाइलहरूको अनुसन्धान र तहकिकात गर्नुपर्नेमा चौधरीले त्यसो नगरी केबल असुली मात्र गरेर फाइल थन्काएर राखेका छन् ।

    पशुपति क्षेत्र विकास कोषले तिलगङ्गा आवास क्षेत्रका संरचना हटाउने

    काठमाडौँ ।  पशुपति क्षेत्र विकास कोषले काठमाडौँ महानगरपालिका–८ तिलगङ्गा ‘बी’ १३ आवास क्षेत्रका अधिग्रहण भएका संरचना हटाउने भएको छ । 

     

    कोषको गुरुयोजनाका स्वीकृत अवधारणात्मक गुरुयोजनाअनुसार नेपाल सरकारको विसं २०६९ भदौको निर्णयअनुसार गुरुयोजना कार्यान्वयनका क्रममा तिलगङ्गा आवास क्षेत्रका जग्गा तथा पक्की÷कच्ची घर, टहरा, गोठ, पर्खाल आदि संरचनासमेत स्थायी रुपले अधिग्रहण गर्ने भई मुआब्जा वितरण गरिए पनि खाली नभएकाले खाली गराउन लागिएको विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो ।

    प्रतिनिधिसभा बैठकः खर्च कटौतीका १२ प्रस्ताव प्रस्तुत, बजेटमा विभेद् भएको सांसदको गुनासो

    काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न सातवटा मन्त्रालय तथा निकायको खर्च कटौतीका लागि १२ वटा प्रस्ताव प्रस्तुत भएका छन् । बैठकमा विनियोजन विधेयक २०८१ माथिको छलफल जारी छ ।

     

    आजको बैठकमा सांसद डा अमरेशकुमार सिंहले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको छ । 

     

    उहाँले बजेट विनियोजन गर्दा आर्थिक अनुशासन पालना नभएको तथा शक्ति र पहुँचका आधारमा बजेट विनियोजन भएको गुनासो गर्नुभयो । नेपालको ठूलो श्रमशक्ति विदेश गइरहेको अहिलेको अवस्थामा मुलुकभित्रै रोजगारी सिर्जना गर्नेगरी बजेट आउन नसकेको उहाँको टिप्पणी थियो । नेपालको आर्थिक कूटनीति कमजोर भएको विषय पनि सांसद सिंहले संसद्मा उठाउनुभयो ।

    लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा

    सोलुखुम्बु ।  मौसम प्रतिकूलताका कारण यहाँस्थित तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन् । गत जेठ २६ गतेदेखि अतिव्यस्त सो विमानस्थलमा कुनै पनि जहाजले उडान भर्न नसक्दा खुम्बु भ्रमणमा आएका पर्यटक मर्कामा परेका हुन् । अत्यधिक हुस्सु र ‘भिजिबिलिटी’ कमजोर हुँदा लुक्लामा जहाज र हेलिकप्टरले उडान भर्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका एयर ट्राफिक कन्ट्रोलर दिवस दाहालले जानकारी दिनुभयो ।

     
    ठमेलको होटलमा भारतीय र पाकिस्तानी नागरिक सहयोग गर्छु भन्ने नेपालीबाट ठगिए

    काठमाडौं । सहयोग गर्छु भन्ने नेपाली नागरिकबाट भारतीय र पाकिस्तानी नागरिक र ठमेलको होटल व्यवसायी ठगिएका छन् । शुभम तिवारी नाम बताउने एक नेपाली नागरिकले ठमेलको योगमा होटलमा लगेर ठगेका हुन् ।

     

    तिवारीले सहयोग गर्छु भन्दै पाकिस्तानी नागरिक बकार मन्सुर र भारतीय नागरिक चेतन बर्मालाई ठमेलको होटल योगमा लगे । उनीहरूबाट होटलमा रकम बुझाउँछु भनी लिएको रकम होटलमा नतिरी तिवारी फरार भएका छन् ।

    तिवारीले ठमेलस्थित होटल एण्ड स्पाको १९ हजार २ सयको बिल, होटल योगको ७ हजारको बिल बनाई विनय नाम बताउने भारतीय नागरिक, पाकिस्तानी नागरिक बकार मन्सुर अर्का भारतीय चेतन बर्माबाट १४ हजार रुपैयाँ लिएको तर होटललाई समेत नतिरी ठगी गरेको आरोप छ । यसबारे उनीहरुले प्रहरी वृत्त सोह्रखुट्टेमा समेत उजुरी दिएको बताएका छन् ।

    स्थानीय सरकार र स्थानीय प्रशासनबीचमा सहकार्य सेवाग्राहीलाई उभ्याएर होइन, बसाएर सेवा प्रवाह गरौँ’

    काठमाडौँ । सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहीको मन कसरी जित्ने  र यसको जवाफ स्थानीय सरकार र स्थानीय प्रशासनका आ–आफ्नै हुन सक्छन् । विशेषतः स्थानीय सरकार अर्थात् जनप्रतिनिधि ‘छिटो र द्रुतगतिमा सेवा दिनुपर्छ, नियम–कानुन मिल्दै जान्छ’, भन्ने तर्क राख्दछन् र स्थानीय प्रशासन ‘ऐन कानुनको परिधिमा रहेरमात्र सेवा दिनुपर्छ’, भन्ने मान्यता लिन्छन् । सङ्घीयताको मर्म पनि सार्वजनिक सेवा प्रवाह गर्ने यी निकायबीचमा सहकार्य र समन्वय अतिआवश्यक हुन्छ भन्ने रही आएको बताइन्छ । चन्द्रागिरि नगरपालिका र काठमाडौँ  जिल्ला प्रशासन कार्यालयले यही दुई नेतृत्वलाई समन्वयात्मक रूपमा कसरी अगाडि बढाउँदै सार्वजनिक  सेवा प्रवाहलाई थप चुस्त र दुरुस्त बनाउने भन्ने विषयमा नयाँ अभ्यासको थालनी गरेका छन् ।

    नगद भुक्तानी सीमा ५लाखमा झार्न कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिको सुझाउ

    काठमाडौं । सरकारलाई नगद भुक्तानी  गर्न पाउने सीमा ५ लाखमा झार्न सुझाउ दिइएको छ ।कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिले १० लाख रुपैयाँसम्मको रकम नगद भुक्तानी गर्न पाउने मौजुदा व्यवस्थालाई संशोधन गरी ५ लाखमा झार्न सुझाव दिएको हो ।

    साथै समितिले मोबाइल वालेट तथा फोन पेको विद्युतीय माध्यमबाट हुने व्यावसायिक कारोबारलाई मूल्य अभिवृद्धि करको दायरामा ल्याउन सुझाएको छ। समितिले मोबाइल वालेट र फोनपेबाट हुने भुक्तानीको दैनिक र मासिक सीमाको दर बढाउन पनि सुझाव दिएको छ।

     

     

     

     

     

     

     

     

     

     
     
     

     

    प्रतिक्रिया दिनुहोस