Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

आज शुक्रबार पनि राष्ट्र बैंकले तरलता सोस्दै, आज ४० अर्ब तानिने


नया सडक

२०८१, असार ७ शुक्रबार

  • 492
    Shares

  • आज शुक्रबार पनि राष्ट्र बैंकले तरलता सोस्दै, आज ४० अर्ब तानिने

    काठमाडौं । केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले शुक्रबार पनि बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ बराबरको अधिक तरलता सोस्न लागेको छ । राष्ट्र बैंकले बिहीबार बजारबाट ५० अर्ब रुपैयाँ खिचेको अर्को दिन शुक्रबार पनि ४० अर्ब रुपैया खिच्न लागेको हो ।

    शुक्रबार उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने बैंकले जनाउँदै त्यसका शुक्रबार  मध्यान्ह १२ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत बोलकबोल गर्न सकिने जनाएको छ ।केन्द्रीय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो ।

    साँवा र ब्याज भुक्तानी मिति असार २१ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुने बैंकले जनाएको छ ।बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जाने गरी निष्कासित रकम बराबरको माग गर्न  पाउने छन् ।

     

    प्रतिक्रिया दिनुहोस