Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

सिटिजन्स बैंकको १ लाख ६१ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्री खुला


नया सडक

२०८१, असार ७ शुक्रबार

  • 573
    Shares

  • सिटिजन्स बैंकको १ लाख ६१ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्री खुला

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १ लाख ६१ हजार ५८० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले १ लाख ५ हजार कित्ता विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो भने ५६ हजार ५८० दशमलव ७८ कित्ता शेयरका लागि सर्वसाधारणले समेत आवेदन दिन सक्नेछन् ।

    प्रतिकित्ता १०० रूपैयाँ तोकिएको यी शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र र सर्वसाधारण लगानीकर्ताले समेत खरीद गर्न पाउने गरी विक्रीमा आएको शेयर खरीदका लागि आगामी सातदिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस