काठमाडौं । कुमारी बैंकको स्वामित्वमा रहेको सगरमाथा लुम्बिनी इन्सुरेन्सको ६४ हजार ६१२ कित्ता संस्थापक सेयर भर्ने आज अन्तिम दिन रहेको हो । आज कार्यालय समयसम्म मात्र यो लिलामीमा आवेदन दिन सकिनेछ । यसमा न्यूनतम २७५ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
कम्पनीको लिलामी आवेदन कुमारी क्यापिटल नागपोखरी, नक्साल काठमाडौंबाट पेश गर्न सकिनेछ ।