Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को संस्थापक सेयर लिलामी खुला, सर्वसाधारणले खरिद गर्न मिल्ने


नया सडक

२०८१, असार १० सोमबार

  • 483
    Shares

  • नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को संस्थापक सेयर लिलामी खुला, सर्वसाधारणले खरिद गर्न मिल्ने

    काठमाडौ । एनआइसी एसिया बैंकले आज (असार १० गते) देखि आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको संस्थापक सेयर लिलामी बिक्री खुला गर्दैछ ।  बैंकले निफ्राको १० लाख कित्ता संस्थापक सेयर लिलामीमा ल्याउन लागेको हो । यसमा लगानीकर्ताले न्यूनतम १०१ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।  न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ । 
    यसको लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस