Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  असार १० सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू...........


नया सडक

२०८१, असार १० सोमबार

  • 537
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  असार १० सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू...........

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज  असार १० सोमबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू......

    दक्ष तथा व्यावसायिक व्यक्तिलाई धितोपत्र बोर्डको अध्यक्षको नियुक्ति गरिने पुनको प्रतिबद्धता

    काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नेताहरूको दबाब प्रभावको कुरो गलत भएको बताउँदै अर्थमन्त्री वर्षमान पुनले दक्ष र व्यावसायिक व्यक्तिलाई  धितोपत्र बोर्डको अध्यक्ष छिट्टो नियुक्त गर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा सोमबार मन्त्रालयगत बजेटमा उठेका प्रश्नको जवाफ दिने क्रममा सांसदहरुले बोर्ड अध्यक्षको नियुक्तिबारे राखेको जवाफको जवाफ दिँदै मन्त्रीले यस्तो बताएका हुन् ।

    पुनले १९ आवेदकमध्येबाट छनोट समितिले ५ जनाको नाम ‘सर्ट लिष्ट’ गरेको र त्यसमध्ये दुई जना मात्र प्रस्तुतिकरणका लागि उपस्थित भएको अवस्थामा कार्य गर्न सकिने विषयमा महान्यायाधिवक्ता कार्यालयसँग राय सुझाव मागिएको जानकारी दिए ।

    एमसिसी कम्प्याक्ट कार्यान्वयनको पहिलो वर्ष ७० प्रतिशत बजेट समर्पण

    काठमाडौँ र  मिलेनियम च्यालेञ्ज कर्पोरेसनअन्तर्गतका परियोजना कार्यान्वयनसम्बन्धी सम्झौता ९एमसिसी कम्प्याक्ट० लागू भएको पहिलो वर्षको बजेट खर्च निकै कम देखिएको छ । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले चालु आर्थिक वर्षका लागि पाएको कूल बजेटको करिब ३० प्रतिशत मात्रै खर्च गरेपछि बाँकी ७० प्रतिशत बजेट समर्पण ९सरेन्डर० गरेको हो ।

     

    एमसिए नेपालअन्तर्गतका परियोजनामा खर्च गर्ने गरी चालु आर्थिक वर्ष २०८०र८१ का लागि सरकारले रु १० अर्ब ८४ करोड १७ लाख बजेट विनियोजन गरेको थियो । चालु आवका लागि छुट्याइएको उक्त बजेटमध्ये खर्च हुन नसकेको रु सात अर्ब ६० करोड ७० लाख बजेट सरेन्डर गरिएको एमसिए नेपालका प्रवक्ता पुष्कर माथेमाले राससलाई जानकारी दिनुभयो ।

    लुम्बिनी हर्बोस्यूटिकल्सको आईपीओ निष्कासन गर्ने , एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाईजरी सेवासम्बन्धी सम्झौता

    काठमाडौं । भैरहवामा सञ्चालित आयुर्वेद औषधी तथा आयुर्वेद खाद्यपदार्थ उत्पादन गर्ने कम्पनी लुम्बिनी हर्बोस्यूटिकल्सले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले यी सबै प्रक्रियाका लागि एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाईजरी सेवासम्बन्धी सम्झौता गरेको छ ।

    यससम्बन्धी सम्झौतामा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र लुम्बिनी हर्बोस्यूटिकल्सका अध्यक्ष डा। ध्रुव भट्टराईले हस्ताक्षर गरेका हुन् । एलिट क्यापिटलले ‘रोड टु आईपिओ’ योजनाअन्तर्गत लुम्बिनी हर्बोस्यूटिकल्सलाई थप पूँजी जुटाउँदै पब्लिक कम्पनीमा रूपान्तरण गरी आईपीओ निष्कासन गर्न परामर्श सेवा प्रदान गर्नेछ ।

    किसान लघुवित्त र जाल्पा लघुवित्तको शेयर कारोबार रोक्का

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार रोक्का गरेको छ।

    यी दुई लघुवित्त एक आपसमा मर्ज भइ एकीकृत कारोबार सुरु गर्नका लागि शेयर कारोबार रोक्का गरिएको हो। यी दुई लघुवित्तले मातृभूमि लघुवित्त वित्तीय संस्थाको नाममा यही असार २७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन्। सोही प्रयोजनार्थ ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ को दफा ९ मा भएको व्यवस्था बमोजिम शेयर कारोबार रोक्का गरिएको हो।

    शेयर बजार : नेप्से परिसूचक ३.२१ अंकले बढेर २०६६.१६ विन्दुमा ,५ अर्बभन्दा बढीको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक ३.२१ अंकले बढेर २०६६.१६ विन्दुमा आएको छ । आज ५ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।२ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । यस दिन ३२२ कम्पनीको १ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । आज २४ करोड ३२ लाखभन्दा बढीसहित कारोबार रकममा फस्ट माइक्रोफाइनान्स अग्रस्थानमा रहेको छ ।

    युनाइटेड अजोड इन्सुरेन्सको ५० हजार कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौं । युनाइटेड अजोड इन्सुरेन्सले ४९ हजार ७०५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ २४० रुपैयाँ तोकेको छ । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । 

    सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सोमबारबाट ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय सीटीसी मल, सुन्धारा काठमाडौं आवेदन दिनुपर्नेछ ।

    नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को संस्थापक सेयर लिलामी खुला, सर्वसाधारणले खरिद गर्न मिल्ने

    काठमाडौ । एनआइसी एसिया बैंकले आज (असार १० गते) देखि आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको संस्थापक सेयर लिलामी बिक्री खुला गर्दैछ ।  बैंकले निफ्राको १० लाख कित्ता संस्थापक सेयर लिलामीमा ल्याउन लागेको हो । यसमा लगानीकर्ताले न्यूनतम १०१ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।  न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ । 
    यसको लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।

    सरकारले १५ अर्ब ११ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने

    काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १५ अर्ब ११ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । कार्यालयले  ९१ दिन र १ वर्षको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । मंगलबार (असार ११ गते) जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार असार १० गते दिउँसो ३ बजे बोलकबोल हुनेछ । 

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ९१ दिनको लागि १० अर्ब ११ करोड रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी असोज ८ गते परिपक्व हुनेछ । साथै, १ वर्षको लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८२ असार १० गते परिपक्व हुनेछ ।

    सुनको मूल्य तोलामा तीन सयले वृद्धि , प्रतितोला १ लाख ४२ हजार ३०० रुपैयाँ

    काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ४२ हजार ३०० रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४१ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको १८ सय २० रुपैयाँ कायम भएको छ ।

    नदीमा पानीका बहाब बढेपछि मेलम्ची खानेपानी आयोजना बन्द

    काठमाडौँ । सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गरिएको छ । मेलम्ची नदीको बहाब बढेर बाढी आइ पानी धमिलिन थालेपछि आपूर्ति बन्द गरिएको जनाइएको छ ।

    माथिल्लो तटीय क्षेत्रमा पानी परिररहेको र मेलम्ची नदीमा आएको बाढीले आयोजनाको बाँधमा क्षति पु¥याएको थियो । साथै आयोजनासम्म जाने पुल बगाएपछि आयोजनालाई सुरक्षित गर्न आजदेखि आपूर्ति बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिनुभयो ।

    “नदी नधमिलिएसम्म उपत्यकावासीलाई खानेपानीको आपूर्ति सहज बनाउन हामीले मेलम्ची खानेपानी आयोजना सञ्चालन नै राखेका थियौँ”, उहाँले भन्नुभयो, “तर नदीमा बाढी आउन थालेपछि आजदेखि बन्द गर्न बाध्य भएका हौँ, मनसुन सक्रिय रहुञ्जेल आयोजना बन्द नै रहनेछ ।”

    प्रधानमन्त्रीसँग चिनियाँ उपविदेशमन्त्रीको शिष्टाचार भेट , चीनले ‘भिजिट नेपाल–२०२५’ मनाउने निर्णय

    काठमाडौँ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको थियो । 

     

    सो अवसरमा प्रधानमन्त्री दाहालले नेपालको आर्थिक सामाजिक विकासमा चीनले पु¥याउँदै आएको सहयोगप्रति खुशी व्यक्त गर्नुभयो । उहाँले नेपालले सन् २०२६ मा अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने उद्देश्य राखेको उल्लेख गर्दै त्यसलाई सफल तुल्याउनका लागि चीनको सहयोग आवश्यक रहेको बताउनुभएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा रुपक सापकोटाले जानकारी दिनुभयो ।

    कुलमानले मन्त्रिपरिषद्को निर्णय र लाल आयोगको सिफारिस लत्याएर व्यापारीलाई पुरानै बिल तिर्न गरे पत्राचार

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मन्त्रिपरिषद् निर्णय र पूर्वन्यायाधीश गिरिशचन्द्र लाल अध्यक्षताको न्यायिक आयोग सिफारिस लत्याएका छन् ।कार्यकारी निर्देशक घिसिङले व्यापारीहरूलाई ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ मा पुरानै बिलअनुसार रकम तिर्ने गरी  पत्राचार गरी मन्त्रिपरिषद्को निर्णय र लाल आयोगको सिफारिस लत्याएका हुन् ।

    लाल आयोगले २०७२ पुसअघि र २०७५ वैशाखपछिको महसुल लिन नमिल्ने र त्यसबीचको महसुल पनि विद्युत् उपभोग गरेको दिन र अवधि यकिन गरी पुनः गणना गरेर मात्रै लिन पाउने सिफारिस गरेको थियो । २७ वैशाखको मन्त्रिपरिषद् बैठकले आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।सोही अनुसार मन्त्रिपरिषद् निर्णय हुबहु राख्दै कार्यान्वयन गर्न ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालयले विद्युत् प्राधिकरणलाई पत्राचार गरेको थियो ।

    कातिक २३ गतेदेखि दैनिक १० घन्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द रहने

    काठमाडौं । आगामी कात्तिक २३ गतेदेखि  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिनहुँ १० घण्टा बन्द हुने भएको छ । विमानस्थल कार्यालयले सूचना जारी गरी यस्तो जनाएको हो ।

    विमानस्थल कार्यालयलका अनुसार धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ बेलगायत काम गर्नुपर्ने भएकाले पाँच महिनासम्म यो व्यवस्था लागू गर्न लागिएको सूचनामा छ ।

    सूचनामा अनुसार कात्तिक २३ बाट चैत १८ सम्म त्रिभुवन विमानस्थल दैनिक १४ घण्टामात्र सञ्चालनमा रहने छ । विमानस्थल राति १० बजेबाट बिहान ८ बजेसम्म बन्द हुनेछ ।

    भारतीय प्रधानमन्त्री मोदीले संसद्को प्रथम बैठकको पहिलो सत्रबाट तेस्रो कार्यकालका योजना सार्वजनिक गर्दै

    नयाँदिल्ली । राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) सरकारको नेतृत्व गर्नुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार संसद्को पहिलो बैठकको पहिलो सत्रमा प्रधानमन्त्री मोदीको तेस्रो कार्यकालको योजना प्रस्तुत गर्नुहुने भएको छ ।  

    एक दशकपछि पहिलो पटक गठबन्धन सरकारमा सामेल हुन बाध्य भारतीय जनता पार्टी ९भाजपा० सरकारले अघिल्ला कार्यक्रमलाई कसरी प्रस्तुत गर्छ भनेर विशेष चासोका साथ हेरिएको छ । भाजपाले एकल सरकार बनाएका समय घोषणा गरेका कतिपय कार्यक्रमहरू यो सरकारले त्याग्छ वा निरन्तरता दिन्छ यसमा सबैको चासो रहेको छ । 

    जुलाई ३ सम्म चल्ने पहिलो सत्रमा मोदीको तेस्रो कार्यकालको योजना र सन् २०१४ देखि रिक्त रहेको विपक्षी दलको नेताको रूपमा राहुल गान्धीको सम्भावित औपचारिक नियुक्तिको पूर्वावलोकन हुनेछ ।

    दक्षिण कोरियाको ब्याट्री प्लान्टमा आगलागी, कम्तीमा २० मृत शरीर निकालिएको सरकारी अधिकारीद्वारा पुष्टि

    सियोल ।दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी भएको र घटनास्थलबाट कम्तीमा २० जनाको मृत शरीर निकालिएको उद्धारका लागि खटिएका अग्निनियन्त्रकले बताएका छन् ।

    सियोलबाट ४५ किलोमिटर दक्षिणमा रहेको ह्वासेयोङस्थित लिथियम ब्याट्री निर्माता कम्पनी अरिसेलको प्लान्टमा बिहान १०ः३० बजे आगलागी सुरु भएको थियो ।

    घटनास्थलबाट केही व्यक्तिलाई घाइते अवस्थामा उद्धार गरिएको छ भने आगलागीमा परी दर्जनौँ अन्य कामदार हताहत भएको अनुमान गरिएको छ ।

    २०८१ असार १० गतेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरु

    काठमाडौं । मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ ।  २०८१ असार १० गतेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरुः

    १. नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएकोमा प्रचलित कानुन बमोजिम निज स्वतः निलम्बन हुनुभएको छ । हाललाई राष्ट्रिय योजना आयोगमा रा.प. विशिष्ठ श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी निजलाई उक्त पदमा सरुवा गर्ने ।

    २. आव २०८०/८१ मा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरण गर्ने । रु. ८७ अर्ब ३५ करोड २९ लाख विनियोजन भएकोमा ९३ प्रतिशत हुने गरी बाँकी रकम रु. १६ अर्ब ९९ करोड २२ लाख तत् तत् स्थानीय तहमा हस्तान्तरण गर्ने ।

     

     
     
     
     

     

     
     
     
     
     
     

     

     
     

     

     
     
     

     

    प्रतिक्रिया दिनुहोस