काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.१४ विन्दुले बढेको छ । यससँगै सूचक २०६७.३१ अंकमा आएको छ । २५ लाख ६३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५३ कम्पनीको ४ हजार १ सय १४ कित्ता सेयर कारोबार भएको छ ।
२६ कम्पनीको भाउ बढ्दा २० वटाको मूल्य घटेको छ ।