काठमाडौं । अर्थमन्त्रालयले सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । अर्थमन्त्रालयको प्रशासन महाशाखा प्रमुखमा रामप्रसाद आचार्यलाई जिम्मेवारी दिइएको छ । नरेन्द्र राना बजेट तथा कार्यक्रम महाशाखा प्रमुखमा सरुवा भएको अर्थमन्त्रालयले जानकारी गराएको छ । यता, नारायण सापकोटा प्रशासन प्रमुखबाट महालेखा नियन्त्रकको कार्यालयमा सरुवा भएका छन् ।
सुशीला अर्याललाई पनि महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरिएको छ ।