Logo

Jul 01 2024 | २०८१, असार १७गते

images

हतारमा तत्काल पार्टी र वाम एकता हुँदैन : प्रधानमन्त्री दाहाल


नया सडक

२०८१, असार १४ शुक्रबार

  • 279
    Shares

  • हतारमा तत्काल पार्टी र वाम एकता हुँदैन : प्रधानमन्त्री दाहाल

    चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हतारमा तत्काल वामपन्थी एकता र पार्टी एकता गर्ने पक्षमा नरहेको बताउनुभएको छ । यहाँ आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले बिगतमा जस्तो दुर्घटना नहोस् भन्ने सोचेर मात्र अघि बढ्ने बताउनुभयो । 

    images

    “पार्टी एकता वा वाम एकताभन्दा पनि राजनैतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिँदै जाने र राम्रो सहकार्य गरी अघि बढेर जनताले देख्ने गरी काम गछौँ”, प्रधानमन्त्री दाहालले भन्नुभयो । पहिलाको जसरी दुर्घटना हुने गरी वाम एकता नहुने उल्लेख गर्दै उहाँले सतर्कताका साथ आफूहरु अगाडि बढेको बताउनुभयो ।

    प्रधानमन्त्री दाहालले अहिलेको परिस्थितिअनुसार सरकारले मेहनत गरेर काम गरिरहेको बताउनुभयो । मन्त्रालयका आ–आफ्ना जटिलता रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– “जनतालाई प्रत्यक्ष अनुभूति गर्ने गरी परिणाम देखिनुपर्छ ।” समग्रमा अहिलेको परिस्थिति जस्तो छ त्यही अनुसार सरकारले गर्न सक्ने काम मेहनत गरेर गरिरहको उहाँको भनाइ थियो ।

    कृषकले  पाउनुपर्ने दूधको भुक्तानीका सरकारले पहल गरिरहेको प्रधानमन्त्री दाहालले बताउनुभयो । कृषकका समस्या समाधान गर्न सरकारले गम्भीर भएर काम गरिरहेको उहाँको भनाइ थियो ।  धान रोप्ने समयमा किसानलाई मल अभाव नहुने उहाँले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस