Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

वर्षाको उच्च जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाको अनुरोध


नया सडक

२०८१, असार १५ शनिबार

  • 555
    Shares

  • वर्षाको उच्च जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाको अनुरोध

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज शनिबार र पर्सि आइतबारसम्म मनसुनी वर्षाको उच्च जोखिम रहेकाले सावधानी अपनाउन अनुरोध गरेको छ ।

    महाशाखाले आज बुलेटिन निकालेर बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा आज ,पर्सि आइतबार आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो । विभिन्न जिल्लामा मनसुनी वर्षाको उच्च खोखिम, मध्यम जोखिम र जोखिम एवं साना नदीहरुमा बाढीको उच्च र मध्यम जोखिम रहेकाले सोही अनुसार सावधानी अपनाउन एवं पूर्वतयारीमा जुट्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।

    विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार तीन दिन बाग्मती प्रदेशका तीन जिल्ला चितवन, मकवानपुर र सिन्धुपाल्चोक र गण्डकी प्रदेशका नवलपरासी पूर्व, पर्वत, तनहँु र स्याङ्जा चार जिल्लाका साना नदीहरुमा बाढी जोखिम रहेकाले सतर्कता अपनाउन भनिएको छ । 

    यस्तै, लुम्बिनीका नवलपरासी पश्चिम, रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, दाङ, कपिलवस्तु र बाँकेमा उच्च जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस